Comments Add Comment

लालन पालन

List Grid
घरासयी काम गर्ने बालबालिका बढी सबल र सफल

आमाले कुचो लगाएको देखेर बालबालिका जानीनजानी कुचो लगाउन खोज्छे । आमा भन्छिन्, ‘तिमीले सक्दैनौं, अरु फोहोर हुन्छ । नगर ।’ आमाले सागसब्जी काटेको देखर बालबालिका चक्कु बोकेर सागसब्जी काट्न थाल्छन् । आमा भन्छिन्, ‘हात काट्छ, चक्कु खेलाउन हुन्न ।’ बालबालिका भाँडावर्तन माझ्न खोज्छे, आमाले जस्तै । आमा भन्छिन्, ‘पानीले सबै भिज्छ, त्यस्तो नगर ।’ बुवाको […]

सचेत हुनुस अभिभावक ! मोबाइल र कम्प्युटरले बिगार्न सक्छ बालमस्तिष्क

तपाईंका बालबच्चा के गर्दा धेरै खुसी हुन्छन् ? जबाफको लागि तपाईं सायद धेरै घोत्लिनुहुन्न । झटपट जवाफ दिनुहुनेछ, ‘अँ, मोवाइल खेल्न पाउँदा ।’ जब-जब बच्चाले तपाईंलाई दिक्क लगाउँछ, झगडा गर्छ, वा कामधन्दामा बाधा गर्छ, तपाईं आफ्नो स्मार्टफोन उसलाई थमाइदिनुहुन्छ । बच्चा दंग हुन्छन् । सोफा वा ओछ्यानमा ढल्किएर त्यसमै रमाउन थाल्छन् । तपाईं ठान्नुहुन्छ, ‘कति […]

‘स्कुल फोविया’ कतै तपाईको बच्चालाई पनि यस्तै समस्याले गाँजेको छैन ?

विद्यालय किन जाने ? सरल जवाफ हो, ‘नयाँ कुरा सिक्नका लागि ।’ तर, बच्चाहरु स्कुल जान भनेपछि किन डराउँछन् ? यसको जवाफ एक वाक्यमा पुरा हुँदैन । बच्चाहरु स्वभावैले उत्सुक हुन्छन् । जिज्ञासु हुन्छन् । उनीहरुलाई नयाँ-नयाँ कुरा सिक्न मन लाग्छ । नयाँ कुरा देख्नसाथ त्यसमा प्रश्न गर्न चाहन्छन् । तर, त्यही नयाँ कुरा जान्न, […]

किशोरवयको सुरुवातमा किन सिकाउने यी कुरा ?

छोराछोरी किशोर अवस्थामा पुगेपछि उनीहरुलाई अतिरिक्त रेखदेख गर्नुपर्छ । साथसाथै उनीहरुलाई व्यवहारिक कुरा पनि सिकाउनु पर्छ । किताबी ज्ञानले मात्र व्यवहारिक जीवन चल्दैन । त्यसैले उनीहरुलाई घर-परिवारमै व्यवहारिक ज्ञान दिनुपर्छ । खासमा भन्ने हो भने, घर पनि बच्चाहरुको लागि विद्यालय सरह हो । उनीहरु घरमै पनि धेरै कुरा जान्न र बुझ्न सक्छन् । भलै आफ्ना […]

शाहरुखबाट सिक्नुपर्छ, छोराछोरीलाई कस्तो कुरा सिकाउने ?

बलिउड बादशाह शाहरुख खान विश्वमै धेरै आर्जन गर्ने अभिनेतामध्येमा पर्छन् । उनी फिल्म अतिरिक्त विज्ञापनलगायत विभिन्न माध्यामबाट अर्बौ कमाउँछन् । शाहरुखको चर्चा चकलेटी अभिनेताको रुपमा त हुने नै भयो, त्यसबाहेक अरु कारणले पनि उनी चिनिन्छन् । जस्तो कि, उनको लक्जरियस लाइफस्टाइल । शाहरुखको बसोबास अति उन्नत र स्तरिय छ । मुम्बईमा उनी बस्ने मन्नतको बारम्बार […]

बच्चाका लागि के हो सन्तुलित आहार ?

–     पाँच बर्षभन्दा माथिको बच्चालाई पूर्ण क्यालोरी आवश्यक हुन्छ । –     बच्चालाई कुनैपनि खानेकुरा जबरजस्ती ख्वाउने होइन, फकाइफुलाई ख्वाउनुपर्छ । –     बच्चाको शारीरिक विकासका लागि भिटामिन र मिनरल्सले भरपुर खानेकुरा चाहिन्छ । –     बच्चालाई पौष्टिक खानेकुरा खान अभ्यस्त गराऔं । जंकफूड खान सकेसम्म दिनु हुँदैन । –     बच्चालाई दिनभरमा धेरै पटक खानेकुरा दिनुपर्छ, थोरै थोरै […]

अभिभावकलाई टिप्सः बच्चालाई कसरी पुस्तक पढ्न बानी लगाउने ?

अहिले बच्चाहरु ट्याबलेट, मोवाइल, टिभी, ल्यापटपमा झुम्मिन थालेका छन् । यहि कारण पाठ्यपुस्तकप्रति उनीहरुको रुची घट्दो छ । पठन संस्कृति हराउँदै गएको छ । कति आमाबुवा दुखेसो गर्छन्, ‘छोराछोरीले पढ्नै मानेनन् ।’ मनोरञ्जनको विकल्प बढ्दै जाँदा बालबालिका कितावमा घोत्लिन छाडेका छन् । पुस्तक पढ्नुभन्दा स्मार्ट फोनमा गेम खेल्नु, भिडियो हेर्नुमै रमाउन थालेका छन् । डिजिटल […]

बच्चालाई कसरी ताजा र पोषिलो खानेकुरामा बानी पार्ने ?

धेरै आमा चिन्तामा हुन्छन्, बच्चाले राम्ररी खाना नखाएकोमा । सानो बच्चालाई शारीरिक तथा मानसिक विकासको लागि सन्तुलित खानपानको आवश्यक्ता हुन्छ । तर, बच्चाले खान मान्दैनन् । अझ सागपातमा उनीहरुलाई अभ्यस्त गराउन गाह्रो हुन्छ । उनीहरुको शरीरलाई आवश्यक सबै पोषक तत्व प्राप्त हुने खानेकुरा खाँदैनन् । बरु, अस्वस्थ्यकर खानेकुरामा उनीहरु लोभिन्छन् । चकलेट, मीठाई, जंकफूडमै बढी […]

छोराछोरीका लागि कस्तो विद्यालय छनौट गर्ने ?

अभिनेत्री सञ्चिता लुइटेल भन्छिन्, ‘जब मैले पहिलोपटक आफ्ना बच्चाहरुलाई विद्यालयमा पुर्‍याएँ, म पनि उनीहरुसँगै बसें । खेलें । म चाहन्थें कि, मेरा बच्चाले आमाबाट अलग भएको महसुस नगरुन् । केही दिन आफ्ना बच्चाकै कक्षामा बसेर उनीहरुसँगै खेलेपछि विस्तारै उनीहरुलाई त्यही रमाउने बानी पर्‍यो । त्यस अवधिमा मैले आफ्नो बच्चालाई साथ त दिएँ नै, विद्यालयको वातावरण, […]