Comments Add Comment

शैलेश थापा क्षेत्री

List Grid
प्रहरीमा व्यक्तिगत स्वार्थका लागि शक्ति केन्द्रबाट दबाब दिन नपाइने

३० भदौ, काठमाडौं । नेपाल प्रहरीका कुनै पनि अधिकारीले आफ्नो व्यक्तिगत फाइदाका लागि शक्ति केन्द्रमा लबिङ गर्न नपाउने गरी आचारसंहिता जारी भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संगठनका आन्तरिक विषयमा व्यक्तिगत फाइदा वा बेफाइदा हुने गरी लबिङ गर्न नपाउने गरी आचारसंहिता सम्बन्धी कार्यादेश, २०७७ जारी गरेका हुन् । महानिरीक्षकको सचिवालयका एक अधिकृतका अनुसार […]

नवनियुक्त आईजीपी थापाले लगाए दर्ज्यानी चिह्न

२५ असार, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न […]

आईजीपीका प्रतिष्पर्धी भन्छन् – साथी आईजी भयो, मिलेर काम गर्छौैं

२४ असार, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाको प्रतिष्पर्धामा रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । साथी शैलेश थापा क्षेत्रीलाई सरकारले आईजीपीमा नियुक्त गरेकोमा थापाले खुशी व्यक्त गरेका हुन् । नेपाल प्रहरीको २८ औं महानिरीक्षकको प्रमुख बन्ने दौडमा थापा र पाल थिए । सरकारले मंगलबार थापालाई आईजीपीमा बढुवा […]

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त

२३ असार, काठमाडौं । सरकारले शैलेश थापा क्षेत्रीलाई २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गरेको हो । थापासँगै एआईजी हरिबहादुर पाल महानिरीक्षक बन्ने प्रतिष्पर्धामा थिए । तर, सरकारले एआईजी बढुवामा समेत १ नम्बरमा रहेका थापालाई नै आईजीपी नियुक्त गरेको एक […]

शैलेश थापाको सेक्रेट : बाबु डीआईजी, छोरो आईजीपी

२३ असार, काठमाडौं । नेपाल प्रहरीमा चार वर्षपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बाट महानिरीक्षक (आईजीपी) नियुक्त गरिएको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले बढुवाको दौडमा रहेका शैलेश थापा क्षेत्रीलाई संगठनको २८ औं महानिरीक्षकमा बढुवा गरेको हो । यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाटै आईजीपीमा बढुवा भएका थिए […]

नयाँ आइजीपीको दौडधूप सुरु, सकिँदैछ ठाकुर ज्ञवालीको कार्यकाल

१६ असार, काठमाडौं । अबको ८ दिनपछि नेपाल प्रहरीले नयाँ कमाण्डर पाउँदैछ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले २४ असारपछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउनेछन् । ज्ञवाली घर गएसँगै २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहबाट एक जनाले २८ औं महानिरीक्षक बन्ने अवसर प्राप्त गर्नेछन् । प्रहरी नियमावलीले प्रहरी […]

प्रहरीले भन्यो – कर्फ्यूमा जस्तो बल प्रयोग गर्नु नपरोस्

११ चैत, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयमा सुरक्षा निकायले बल प्रयोग गर्नुभन्दा पनि नागरिक आफैं सचेत हुनुपर्ने नेपाल प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले आम नागरिकको हितमा सरकारले निर्णय गरेकाले सबैले आफैं निर्देशन पालना गर्नु नै हितकर हुने बताए । ‘यो स्वअनुशासनको विषय पनि […]

प्रविधिको प्रयोगबाट ठमेललाई सुरक्षित बनाउँछौंः डीआईजी थापा

१८ असार, काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख शैलेश थापा क्षेत्रीले काठमाडौंको ठमेल क्षेत्रमा प्रविधिको उच्चतम् प्रयोगमार्फत सुरक्षा प्रदान गरिने बताएका छन् । बुधबार ठमेलमा पर्यटन सूचना केन्द्र र टुरिष्ट पुलिस मोबाइल एप्लिकेशको उद्घाटन गर्दै उनले उल्लेखनीय चेतनास्तर रहेको ठमेललाई प्रविधिमार्फत थप सुरक्षित बनाइने बताएका हुन् । ‘सर्वत्र प्रहरी नै उपस्थित भएर सेवा […]