Comments Add Comment

साझा यातायात

List Grid
स्यानिटाइजर छर्केर मात्र सेवा दिन थाल्यो साझा बसले

४ चैत, काठमाडौं । साझा यातायातले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि बसभित्र स्यानिटाइजर छर्केरमात्र सेवा सुरु गर्न थालेको छ । यात्रुहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै स्यानिटाइजर छर्किसकेपछि मात्र बसहरु आ–आफ्नो रुटमा निस्कने गरेको साझा यातायातले जनाएको छ । साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेका अनुसार अनुसार यही चैत एक गतेदेखि हरेक दिन सबै बसहरु […]

प्रदेश सरकार आफैंले बिजुली बस चलाउने, साझासँगको सहमति तोडियो

५ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले बिजुली बस चलाउन साझा यातायातसँग गरेको सम्झौता तोडेको छ । अब प्रदेश सरकार आफैंले बिजुली बस चलाउनेछ । बिजुली बस चलाउन साझासँग केन्द्रसँगै प्रदेश र स्थानीय सरकारले सहकार्य गरेको थियो । केन्द्र सरकारले ३ अर्ब दिने सहमति गरेको थियो भने प्रदेश ३ सरकारले ३० करोड । यस्तै काठमाडौं […]

साझाको विद्युतीय बस योजना साढे तीन महिनादेखि ‘यथास्थितिमा’

१७ पुस, काठमाडौं । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद प्रक्रिया रोकेर ‘यथास्थिति’मा राख्न निर्देशन दिएको साढे ३ महिना बित्यो । पूर्व योजनाअनुसार साझालाई नै बस खरिद प्रक्रिया अघि बढाउन दिने कि निकासा गरिएको रकम फिर्ता लिएर नयाँ प्रक्रिया थाल्ने भन्नेबारे सरकार अझै अनिर्णित छ । सरकारले गत असोज १ गते साझा यातायातलाई पत्र लेखेर […]

कस्तो छ साझाले ल्याएको बिजुली बस ? (भिडियाे)

६ कात्तिक, काठमाडौं । मंगलबारदेखि काठमाडौंमा विद्युतीय बस सेवा सुरु भएको छ । एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई दिएको पाँच वटा विद्युतीय बस लुम्बिनी एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान सुरु नभएसम्म साझा यातायात प्रालीको व्यवस्थापनमा काठमाडौं उपत्यकामा गुडाउन लागिएको हो । यसलाई काठमाडौंको सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रवेशका रुपमा हेरिएको छ । काठमाडौंमा सुविधासम्पन्न बस गुडाउने […]

साझा बसको नयाँ योजनाः अब चीनमा बनेका ठूला विद्युतीय बस

१२ फागुन, काठमाडौं । सार्वजनिक यातायातमा अर्को फड्को मार्ने गरी साझा यातायात ठूला विद्युतीय बस सञ्चालन गर्ने तयारीमा जुटेको छ । शहरी क्षेत्रमा सानाको साटो ठूला बस सञ्चालन गर्दै निजी क्षेत्रलाई प्रोत्साहित गरेको साझाले नै हो । र, अब विद्युतीय सार्वजनिक बस आयातको गृहकार्य थालेको छ । त्यसका लागि सरकारी निकाय, विभिन्न गैरसरकारी र व्यावसायिक […]

फेरियो साझाको निर्णय, २० वटा सिटी बस किनेर काठमाडौंमै चलाउने

१९ असोज, काठमाडौं । साझा यातायातले २० वटा सिटी बस र एउटा सेमी-लो फ्लोर बस ल्याउने भएको छ । यससँगै थोरै संख्यामा डिलक्स बस ल्याउने तयारी भएपनि संख्या निक्र्योल हुन बाँकी छ । यसअघि साझाले १३ वटा डिलक्स बस ल्याउन लागेको थियो । तर, काठमाडौं र ललितपुर महानगरपालिले साझालाई उपत्यकाभित्रै चलाउने गरी सिटीबस ल्याउन भनेपछि […]

साझा बस ललितपुरको बुङ्मती र गोदावरीसम्म पुर्‍याउने योजना

३१ असार, काठमाडौं । साझा यातायातको बस सेवा ललितपुरको बुङ्मती र गोदावरीसम्म विस्तार गर्ने योजना बनेको छ । यसका लागि ललितपुर महानगरपालिकाले साझा यातायातको एक करोड रुपैयाँको सेयर किन्ने भएको छ । काठमाडौं महानगरपालिकाले झण्डै १५ करोडको सेयर किनेर नगरका विभिन्न क्षेत्रमा साझा बस चलाएपछि ललितपुर महानगरपालिकाले पनि साझासँग एक करोड रुपैयाँको किन्ने समझदारी गरेको […]

विद्यासुन्दरले भने- साझा बसको संख्या सयभन्दा बढी बनाउन तयार छौं

१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेेयर विद्यासुन्दर शाक्यले साझा बसको संख्या एक सयभन्दा बढी बनाउन आफूहरु तयार रहेको बताएको छन् । साझा यातायातलाई नयाँ बस किन्न ५ करोड रुपैयाँ हस्तान्तरण गर्न आयोजित कार्याक्रममा शाक्यले अहिलेसम्म ४३ वटा बसका लागि महानगरपालिकाले सेयर लगानी गरेको बताउँदै स्मार्ट सिटी बनाउन स्मार्ट ट्रान्पोर्टेशनका लागि साझामार्फत थप लगानी गर्न […]

साझा यातायातमा ज्येष्ठ नागरिक र अपाङ्गलाई भाडा नलाग्ने

१४ असार काठमाडौं । साझा यातायाले ज्येष्ठ नागरिक र अपाङ्गलाई लाई निशुल्क सेवा दिने भएको छ । अब ज्येष्ठ नागरिकका साथै , क र ख बर्गका अपाङ्ले ले साझाका जुनसुकै बस चढ्दा पनि भाडा तिर्नुपर्ने छैन । आज महानगरपालिका र साझा यातायातबीच भएको पुरक सम्झौतामा ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क सेवा दिने […]

डिलक्स र ‘सेमी लो फ्लोर’ बस किन्न साझालाई महानगरको ५ करोड

१३ असार, काठमाडौं । साझा यातायातले ल्याउने १२ वटा डिलक्स बस र एउटा सेमी लो फ्लोरबसका लागि मंगलबार काठमाडौं महानगरपालिकाले ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ। यो रकम साझामा महानगरले सेयरका रुपमा लगानी गरेकाे हो । राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच महानगरपालिकाले साझालार्इ चेक हस्तान्तरण गरेको हो । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ५ […]

भक्तपुरको नयाँ बाटोमा साझा बसलाई रूट अनुमति, व्यवसायीको एकाधिकार तोडियो

७ जेठ, काठमाडौं । साझा यातायातले आफ्नो यात्रु बस सेवा भक्तपुरसम्म नै विस्तार गर्न अनुमति पाएको छ । ललितपुरको यातायात ब्यवस्थापन समितिले २० वटा साझाका बसलाई भक्तपुरको नयाँ बाटोमा मात्रै चल्ने गरी रुट इजाजत दिएको हो । अब स्वयम्भुबाट सीतापाइला- कलंकी- रवीभवन- सोल्टीमोड- कालीमाटी- टेकु- त्रिपुरेश्वर- सहीदगेट- सिंहदरबार- माइतिघर- बबरमहल- नयाँबानेश्वर-मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो […]

काठमाडौंमा सकिँदैछ ‘माइक्रो’ युग ! यसरी लाग्दैछ ठूला बसको लहर

८ बैशाख, काठमाडौं । न उभिन मिल्ने, न बस्ने सिट ! तै पनि गन्तव्यसम्म नगई भएको छैन । त्यसैले झुण्डिएर हुन्छ कि गुन्द्रक कोचेझै कोचिएर किन नहोस् बस्नै पर्‍यो । झन् कार्यालय समय र साँझपखको त कुरै नगरौं । काठमाडौंमा माइक्रोबसको यात्राबारे धेरैको यस्तै संस्मरण छ । तर, अब यो नियती विस्तार हट्दैछ अर्थात काठमाडौंमा […]

भक्तपुरमा साझाले बस चलाउने अनुमति पाएन

८ बैशाख, काठमाडौं  । साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन । ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ देशभरका सडक कब्जा गर्ने योजनामा लागेको छ, जिल्ला प्रशासन कार्यालयमा सङ्घ संस्था ऐन २०३४ अनुसार सामाजिक संस्था दर्ता गरेर यातायात समितिले व्यापार गरिरहेका छन्, सामाजिक […]

साझाले थाल्यो ‘स्मार्ट ट्राभल कार्ड’को प्रयोग, ढोकाको मेसिनले नै भाडा उठाउने

२ चैत, काठमाडौं । साझा यातायातले  आफ्ना बसमा ‘स्मार्ट ट्राभल कार्ड’ को प्रयोग सुरु  गरेको छ । लामो समयको परीक्षणपछि साझाले लगनखेलबाट नयाँ बसपार्क जाने १० बसबाट ट्राभल स्मार्ट कार्डको प्रयोग सुरु गरेको हो । यसका लागि ति सबै बसमा स्मार्ट कार्डबाट भुक्तानी लिने मेसिन जडान भएर कार्डबाटै भुक्तानीको सेवा सुरू भएको साझा यातायातका निमित्त प्रमुख […]

साझाले माग्यो २० बसका लागि भक्तपुरको रुट, ब्यवसायीद्वारा आन्दोलनको चेतावनी

२ चैत, काठमाडौं । साझा यातायातले आफ्नो यात्रु बस सेवा भक्तपुरसम्म नै विस्तार गर्ने भएको छ । २० वटा बसका लागि भक्तपुरसम्म रुट इजाजत माग्दै साझाले यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको छ । साझा यातायातले पुरानो बाटो र नयाँ बाटोलाई समेटेर कमलविनायकबाट फर्किने गरी १०/१० वटा बस सेवा भक्तपुरसम्म विस्तार […]

साझाले थाल्यो काठमाडौंमा ५ रुटमा रात्रीकालीन बस सेवा (रुटसहित)

४ फागुन, काठमाडौं । साझा यातायातले रात्रिकालीन बस सेवा थालेको छ । मंगलबार रातिदेखि साझाले ५ वटा रुटमा राति साढे ८ देखि ११ बजेसम्म रात्रीकालीन सेवा दिन सुरु गरेको हो । रातिको समयमा यात्रुहरुलाई पर्ने गरेको अप्ठेरोलाई ध्यानमा राखेर रात्री बस सेवा सुरु गरिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले अनलाइननखबरलाई जानकारी दिए […]

साझा बसले लामो दूरीका यात्रुलाई २० प्रतिशत छुट दिने

२९ पुस, काठमाडौं । साझा यातायातले काठमाडौंबाहिर लामो दूरीमा आफ्नो बसबाट यात्रा गर्नेहरुका लागि २० प्रतिशत छुटको सुविधा दिने भएको छ । साझाले आज एक बिज्ञप्ति जारी गर्दै भोलिदेखि साझाका बसहरुमा लामो दूरीको यात्रा गर्नेहरुलाई छुटको व्यवस्था गरेको हो । साझाले काठमाडौंबाट बुटवल-भैरहवा-सुनौली, हेटौंडा-वीरगञ्ज र पोखरा-कुस्मा-बाग्लुङ गरी तीन रुटमा १४ वटा बसहरु दुईतर्फी सञ्चालन गर्दै […]

साझालाई नयाँ रुटमा अनुमतिः विमानस्थलबाट लगेजसहित नयाँबसपार्कको यात्रा

२ मंसिर, काठमाडौं । साझा यातायातले नयाँ खरिद गरेका अपाङ्गमैत्री बसहरुका लागि काठमाडौं उपत्यकाभित्र तय गरेको रुटमा नै सञ्चालन इजाजत पाएको छ । सबै रुटमा बुधबार नै यातायात व्यवस्था विभागबाट रुट अनुमति पाएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए । पूर्ण रुपमा एउटा नयाँ रुटसहित पुराना रुट विस्तार गरेर साझाले ४ वटा […]

साझाको नयाँ रुट तय, कुन-कुन क्षेत्रमा चल्ने भए नयाँ अपाङ्गमैत्री बस ?

२९ कात्तिक, काठमाडौं । साझा यातायातले नयाँ खरिद गरेका अपाङ्गमैत्री बसहरु काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्न रुटहरु तय गरेको छ । जसमा एउटा नयाँ रुट छ भने अन्य भने पुरानो रुट विस्तार गरेर ४ वटा रुट तोकिएको हो । रुट तय गरेर यातातात व्यवस्था विभागसँग अनुमति मागिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए […]

बन्दमा साझाको सेवा निरन्तर

२८ कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी साझा यातायातले बन्द आह्वानको पर्बाह नगरी आफ्नो सेवालाई आज पनि निरन्तरता दिएको छ । बन्दमा सर्वसाधारणलाई सेवा पुर्‍याउन नियमित जस्तै ११ बसबाट सेवा दिइएको साझा यातायात प्रालिले जनाएको छ । साझाका उपत्यकाका सबै मार्गमा बस निर्बाध रुपमा सञ्चालन भइरहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज […]

साझा बस फेरि लामो रुटमा, दशैंदेखि गोरखा र बाग्लुङमा चल्ने

१२ असोज, काठमाडौं । साझा यातायातले काठमाडौंबाट दुईवटा लामो रुटमा बस सेवा सुरु गर्ने भएको छ । लामो समयदेखि लामो रुटमा बस सेवा बन्द गरेर बसेको साझा फेरि लामो रुटमा जाने तय भएको हो । साझाका बसहरु काठमाडौंबाट गोरखा र बागलुङ जाने भएका हन् । असोज १६ गतेदेखि साझाका बसहरु गोरखा र बाग्लुङको रुटमा सञ्चालन […]