Comments Add Comment

साम्राज्ञी राज्यलक्ष्मी शाह

List Grid
पाइपलाइनमा साम्राज्ञीका २ फिल्म, तर छायांकनको टुंगो छैन

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १ बर्ष भन्दा लामो ग्यापपछि चलचित्र ‘तिम्रो मेरो साथ’मा काम गरिन् । चलचित्र ‘रातो टिका निधारमा’ असफल भएपछि साम्राज्ञीले नयाँ चलचित्रमा काम गरेकी थिइनन् । बरु, यो अवधीमा उनी विवादमा भने धेरै परिन् । चलचित्र ‘तिम्रो मेरो साथ’ साइन गर्नु अगाडि नै साम्राज्ञीले २ चलचित्र साइन गरेकी थिइन् । उनले प्रवेश […]

स्विमिङ पूलमा साम्राज्ञीसँग रोमान्टिक बने पुष्प

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘तिम्रो मेरो साथ’का केही तस्वीर सार्वजनिक गरेकी छिन् । सार्वजनिक गरिएको तस्वीरमा उनी चलचित्रका मुख्य नायक पुष्प खड्कासँग रोमान्टिक देखिएकी छिन् । यो चलचित्रको छायांकन केही दिन अगाडि मात्र सकिएको हो । रमेश एम के पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी र पुष्पको साथमा सन्दिप क्षेत्रीको पनि मुख्य भूमिका छ […]

‘राजकुमारी’ महशुश गर्दै साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकनका व्यस्त छन् । चलचित्रको छायांकन सुरु भएसँगै उनले दैनिक तस्वीर सार्वजनिक गरिरहेकी छिन् । यो चलचित्रका लागि उनी उत्साहित रहेको वुझ्न सकिन्छ । लगातार चलचित्र असफल, नायक भूवन केसीसँगको विवाद, प्रेममा ब्रेकअपका कारण पनि उनलाई तनाव भएको थियो । तर, लकडाउनपछि चलचित्रको छायांकनमा फर्किन पाउँदा उनी […]

‘तिम्रो मेरो साथ’को छायांकनमा पुष्प र साम्राज्ञीलाई बडिगार्डको व्यवस्था

चलचित्रमा काम गर्ने कलाकारहरु हलमा पुग्दा दर्शकको भीड हुने भएकाले पनि उनीहरुका लागि वडिगार्डको व्यवस्था गरिएको खबर नेपाली चलचित्र क्षेत्रका लागि नौलो होइन । नायक अनमोल केसी, प्रदिप खड्का, पुष्प खड्का, सलिनमान बनियाँदेखि नायिकाहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्माका लागि बडिगार्डको व्यवस्था गरिएको थियो । तर, अब चलचित्रको छायांकनका क्रममा नै कलाकारलाई बडिगार्डको व्यवस्था गरिएको […]

सुरु भयो साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’को छायांकन

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह डेढ बर्षपछि चलचित्रको छायांकन सेटमा फर्किएकी छिन् । साम्राज्ञीको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन आजबाट सुरु भएको छ । चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकिएपछि साम्राज्ञीले चलचित्रको काम गरेकी थिइनन् । लकडाउनपछि उनले एक म्यूजिक भिडियोमा अभिनय गरिन् । प्रेमकथामा आधारित रहने यो चलचित्रलाई रमेश एम के पौडेलले […]

पुष्प र साम्राज्ञीको ‘रेड वाइन’को नाम परिवर्तन

नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने चलचित्र ‘रेड वाइन’को नाम परिवर्तन भएको छ । छायांकन सुरु नहुँदै यसको निर्माणपक्षले चलचित्रको नाम परिवर्तन गरेर ‘तिम्रो मेरो साथ’ राखेको छ । प्रेमकथामा आधारित रहेकाले पनि चलचित्रको नाम परिवर्तन गरिएको बताइएको छ । यो चलचित्रलाई रमेश एम के पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा […]

जन्मदिनमा साम्राज्ञीः उतारचढावका विच अगाडि बढेको करिअर

वि.सं २०५२ साल मंसिर २ गते नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो । उनै, साम्राज्ञीले आज आफ्नो २५ औं जन्मदिन मनाइरहेकी छिन् । आमा नेहा राज्यलक्ष्मी शाह र पिता महेश विक्रम शाहको कोखबाट जन्मिएकी साम्राज्ञीले चलचित्र ‘ड्रिम्स’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी हुन् । पहिलो चलचित्रबाट नै सफलता हात पारेकी यी सुन्दरीले दोश्रो चलचित्र […]

प्रेमीसँग साम्राज्ञीको ‘तिमी र म’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आमा नेहा आरएल शाहको स्वरमा समावेश ‘तिमी र म’ बोलको गीतको म्यूजिक भिडियोमा काम गरेकी छिन् । विगत १ बर्षदेखि साम्राज्ञीलाई चलचित्रमा हेर्न नपाएका दर्शकले म्यूजिक भिडियोमै भएपनि उनको अभिनय हेर्न पाएका छन् । विराज गौतमको शब्द तथा संगीतमा तयार भएको गीतलाई नेहाले आधुनिक पप शैलीमा प्रस्तुत गरेकी छिन् । वेसमेन्ट […]

साम्राज्ञीको सुन्दरता

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको चलचित्र रिलिज नभएको एक बर्ष भयो । गतबर्ष असोजमा चलचित्र ‘रातो टिका निधारमा’ रिलिज भएपछि उनको कुनै पनि नयाँ प्रोजेक्ट आएको छैन । यसैले पनि साम्राज्ञी दर्शकमाझ आउन आतुर छिन् । तर, उनको यो योजना यो बर्ष पुरा नहुने पक्का छ । किनकी, उनले ३ वटा चलचित्र साइन त […]

कस्तो छ साम्राज्ञीको फिल्म रोजाई ?

गतबर्ष नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १६ लाख रुपैयाँ पारिश्रमिक लिएर निर्देशक अशोक शर्माको चलचित्र ‘रातो टिका निधारमा’ साइन गरिन् । कतिपयले साम्राज्ञीले महंगो रकम पाएकाले चलचित्र साइन गरेको टिप्पणी गरे भने कतिपयले आफ्ना छोरालाई हिट बनाउन अशोक शर्माले साम्राज्ञीलाई महंगो पारिश्रमिक दिए भनेर टिप्पणी गरे । टिप्पणी जे जस्तो भएपनि साम्राज्ञी यो चलचित्रबाट उत्साहित भइन् […]

मिलन चाम्सको फिल्ममा साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले लकडाउनपछि ३ वटा चलचित्र साइन गरेकी छिन् । करिब एक महिना अगाडि उनले एक अनटाइटल प्रोजेक्टमा काम गर्ने पक्का गरेकी थिइन् । मनिष राउत र आना शर्माले यो चलचित्रमा साम्राज्ञीसँग पर्दा शेयर गर्नेछन् । यस्तै, केही दिन अगाडि मात्र साम्राज्ञीले नायक पल शाहसँग चलचित्र ‘रेड वाइन’मा काम गर्ने पक्का गरेकी थिइन् […]

साम्राज्ञीको उस्तै माग, महंगो पारिश्रमिक

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सोमबार ‘रेड वाइन’ नामक चलचित्र साइन गरिन् । उनले, लकडाउनपछि साइन गरेको यो दोश्रो चलचित्र हो । यसअघि उनले नायक मनिष राउत, नायिका आना शर्माको पनि मुख्य भूमिका रहने एक चलचित्र साइन गरिसकेकी छिन् । नायिका शाहलाई चलचित्र ‘हुतुतु’का लागि पनि अफर गरिएको चर्चा चलचित्र बजारमा छ । गतबर्ष साम्राज्ञी अभिनित […]

रमेशको ‘रेड वाइन’मा पल र साम्राज्ञी पक्का

लामो समयदेखि संचार क्षेत्रमा सक्रिय निर्माता रमेश एम के पौडेल अब निर्देशन पनि बन्ने भएका छन् । उनले चलचित्र ‘रेड वाइन’ निर्देशन गर्ने पक्का भएको छ । हाल अमेरिकामा रहेका पौडेलको निर्देशनमा बन्ने यो चलचित्रका लागि मुख्य दुई कलाकार फाइनल गरिएको छ । यो चलचित्रमा नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले काम गर्ने […]

विन्दास साम्राज्ञी

केही हप्ता अगाडिसम्म नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विवाद चलिरहेको छ । भूवनले अदालतमा मुद्दा दायर गरेपछि साम्राज्ञीले विभिन्न संचारमाध्यममा पुगेरै आफ्नो भनाई राखिन् । भूवन र साम्राज्ञीको विवाद अदालती प्रक्रियामा रहेकाले अहिले दुबै चुप छन् । नायक केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि चलचित्रमा […]

साम्राज्ञी र मेरो केस नै फरक होः पूजा शर्मा

नेपाली चलचित्र क्षेत्रमा केही हप्ताको अन्तरमा २ वटा मुद्दा चर्चामा रहे । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भूवन केसीले आफूलाई ह्यारेसमेन्ट गरेको भन्दै मिडियामा भनाई सार्वजनिक गरेपछि यो बिषय अदालतसम्म पुगेको छ । साम्राज्ञीले आफूमाथि दुव्र्यवहार भएको भन्दै गर्दा चलचित्र क्षेत्र मौन जस्तै रह्यो । त्यसको केही हप्तापछि एक टेलिभिजनमा संचारकर्मी प्रकाश सुवेदीले बोलेको कुराले […]

साम्राज्ञीले साइन गरिन् नयाँ फिल्म

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्र साइन गरेकी छिन् । चलचित्र ‘प्रेमगीत ३’का कलाकार मनिष राउतसँग अब नायिका साम्राज्ञीले चलचित्रमा पर्दा शेयर गर्नेछिन् । यो चलचित्रमा नायिका साम्राज्ञीसँगै अर्की नायिका आना शर्मालाई पनि अनुवन्धित गरिएको छ । साम्राज्ञी र आनासँग निर्माणपक्षले बिहिबार संझौता गरेको हो । दुबै कलाकारले कती पारिश्रमिकमा काम गर्न लागेका हुन् भन्ने […]

‘साम्राज्ञीमा परिपक्वताको कमी छ, सुधार गर्नुपर्छ’: झरना थापा

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ले राम्रो व्यापार गर्यो । यो चलचित्रबाट साम्राज्ञी स्टार भइन् । निर्देशक झरना थापाको डेब्यू चलचित्रमा काम गरेकी साम्राज्ञीले यसपछि भने आफूलाई चलचित्र बजारमा नयाँ तरिकाले उभ्याउने कोशिश गरिन् । झरनाले यसपछि ‘ए मेरो हजुर ३ र ४’ निर्माण गरिन्, तर साम्राज्ञीसँग उनको सहकार्य […]

साम्राज्ञी लेख्छिन्–‘विश्वासका साथ अगाडि बढ्नुछ’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक तथा निर्देशक भूवन केसीको सामाजिक संजालबाट सुरु भएको वाकयुद्ध अब अदालतसम्म पुगेको छ । नायक केसीले १० करोड क्षतीपूर्तीको दाबी गर्दै जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेपछि उनीहरुको आरोप–प्रत्यारोपले नयाँ मोड लिएको हो । नायक केसीले साम्राज्ञीले आफ्नो इज्जतमा ठेस पुर्याएको, मानहानी गरेको लगायतका उजुरी सहित मुद्दा दर्ता गरेका […]

साम्राज्ञीको शोभितलाई जवाफ–‘रिक्सा चढ्दैमा मान्छे सानो हुन्छ र ?’

नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविचको विवाद अहिले सेलाउँदै गएको छ । तर, साम्राज्ञी र भूवन केसीको विवादको बिषयमा विभिन्न चलचित्रकर्मीले आफ्नो भनाई भने सार्वजनिक गरिरहेका छन् । निर्देशक शोभित बस्नेतले पनि यो बिषयमा आफ्नो भनाई राखिरहेका छन् । शोभितले एक अन्र्तवार्तामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको बिषयमा भनेका थिए–‘विरगञ्जमा रिक्सा चढेर हिड्ने मान्छे […]

साम्राज्ञी मेरी विद्यार्थीजस्ती, अझै माया लाग्छ : भुवन केसी

३० असार, काठमाडौं । नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बीचको विवाद साम्य भएको छैन । सामाजिक सन्जालबाट सुरु भएको आरोप–प्रत्यारोपसँगै दर्शकहरु पनि उनीहरुको पक्ष र विपक्षमा विभाजित भएका छन् । साम्राज्ञीले आफूले चलचित्रमा काम गर्ने क्रममा तीन वटा ब्यानरबाट निकै दुःख पाएको भन्दै इन्स्टाग्राममा भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसमा भुवन केसीले […]

साम्राज्ञी लेख्छिन्–‘फिल्म क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्यागौं’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्याग्न आग्रह गरेकी छन् । नेपाली चलचित्रको एक शुभचिन्तक भन्दै सामाजिक सञ्जालमा स्टाटस कोर्दै उनले लेखेकी छन्–‘यदि नेपाली चलचित्रको विकास गर्ने हो भने निर्माताहरूले आफूलाई मै हुँ भन्ने भावना नराखी नवकलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्छ । साथै, समूहगत स्वार्थ राखी स्थापित कलाकारप्रति पक्षपाती व्यवहार […]