Comments Add Comment

सिताराम कट्टेल

List Grid
सिताराम लेख्छन्–‘हाम्रो जन्मभूमि स्वर्गभन्दा प्यारो छ’

भारतले नेपालको भूमी प्रयोग गर्दै बाटो बनाएपछि यतिबेला यसको चर्को विरोध नेपालमा भैरहेको छ । नेपाल सरकारले पनि विज्ञप्ती निकालेर यसको विरोध गरिसकेको अवस्था छ । यो घटनाको चर्को विरोध नेपाली चलचित्रका कलाकारहरुले पनि गरिरहेका छन् । कलाकार सिताराम कट्टेलले सामाजिक संजालमा स्टाटस लेख्दै हामी सबैलाई हाम्रो जन्मभूमि स्वर्गभन्दा प्यारो हुने उल्लेख गरेका छन् । […]

‘धुर्मुस–सुन्तली’को फिल्ममा रामबाबु निर्देशक, नाम ‘छलकपट’ ?

चितवनमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउन व्यस्त रहेका हाँस्य कलाकार सिताराम कट्टेलले अब चलचित्रको कामलाई पनि अगाडि बढाउने बताएका छन् । उनले भने–‘म आज मात्र काठमाण्डौ आइपुगेँ । अब, चलचित्रको काम पनि तिव्रताका साथ अगाडि बढ्छ ।’ यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् । रामबाबु अहिले चलचित्रको स्क्रिप्ट फाइनल गर्ने काममा व्यस्त छन् । चलचित्र ‘कबड्डी […]

दीपाश्रीपछि कुञ्जना फिल्मको निर्देशक ?

सिरियलमा जमिरहेका कलाकारहरुले चलचित्र ‘६ एकान ६’ बनाउँदा कमैले मात्र पत्याएका थिए । तर, यो सिनेमा हिट भएपछि दिपकराज गिरी, दीपाश्री निरौला लगायतको टिमलाई दर्शक र चलचित्रकर्मीले नै पत्याए । दिपकराज गिरीले ‘तितो सत्य’ छाडेर ‘६ एकान ६’ बनाउँदा निर्देशकको रुपमा दिनेश डीसीलाई रोजेका थिए । यसपछि, ‘वडा नम्बर ६’ बनाउँदा उनले उज्ज्वल घिमिरेलाई रोजे […]

सिताराम जन्मिनु भएकै मेरा लागि होः कुञ्जना, ‘मरेर के नै लानु छ र ?: सिताराम

हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेलले आज संचारकर्मीहरुको माझमा आफ्नो जन्मदिन मनाउँदै गर्दा उनकी धर्मपत्नी कुञ्जना घिमिरे केही भावूक देखिइन् । सितारामलाई मध्यरातमा कुञ्जनाले विस गरेकी थिइन् । तर, त्यो विस कसरी गरिएको हो भन्ने बिषयमा भने कुञ्जनाले खुलाइनन् । नेपाली हाँस्य ब्यङ्ग्य क्षेत्रमा यो जोडी ‘धुर्मुस र सुन्तली’ नामले परिचित छ । समाजसेवामा पनि […]

‘धुर्मुस-सुन्तली’ फाउन्डेशनलाई १ लाख सहयोग गर्दै सदिक्षाले सुरु गरिन् बुटिक

समाजसेवी तथा हाँस्य कलाकार जोडी सिताराम कट्टेल, कुन्जना घिमिरे र पूर्व मिस नेपाल माल्भिका सुब्बाले संयुक्त रुपमा ललितपुरको मानभवनमा अन्तरराष्ट्रिय स्तरको डीभा बुटिकको संयुक्त रुपमा उद्घाटन गरेका छन् । सो कार्यक्रममा डीभा बुटिकको तर्फबाट ‘धुर्मुस-सुन्तली फाउन्डेशन’लाई अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणका लागि नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ समेत प्रदान गरिएको थियो […]

पारसले भने- हामी धुर्मुसको साथमा छौं

  १६ चैत, काठमाडौ । हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन लाग्ने घोषणा गरेपछि क्रिकेट खेलाडीहरु उत्साहित बनेका छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले धुर्मुसको घोषणा स्वागत योग्य भएको बताए । अनलाइनखबरसँगको कुराकानीमा उनले रंगशाला निर्माणका लागि आफूहरुले धुर्मुसलाई हर पाइलामा साथ दिने पनि उल्लेख गरे । […]

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्ने धुर्मुसको घोषणा

१५ चैत, काठमाडौं । ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो । फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि […]

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्ने धुर्मुसको घोषणा

१५ चैत, काठमाडौं । ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो । फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि […]

धुर्मुस-सुन्तलीलाई ‘बर्ष व्यक्ति सम्मान’

सामाजिक सेवामा समेत सक्रिय रहेका चर्चित हाँस्य जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सम्मान गरिएको छ । उनीहरुलाई साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको फिल्मी पत्रिका ‘फिल्मीखबर’ले ‘फिल्मीखबर बर्ष व्यक्ति’को रुपमा सम्मान गरेको हो । आफ्नो नवौ बाषिर्कोत्सवको अवसर पारेर यो जोडीलाई सम्मानित गरिएको हो । सम्मानित भएपछि सितारामले भने-‘यो सम्मानले सामाजिक काममा अगाडि बढ्न प्रोत्साहन […]

धर्मसंकटमा धुर्मुसः अरुको दुःखको सारथी बन्दा अफैं डुब्ने डर

केही समयअघि सुन्तली अर्थात कुञ्जना घिमिरेले कुरै कुरामा भनेकी थिइन्, ‘खै किन हो, आजभोलि उहाँ (धुर्मुस) अलि र्झकन थाल्नुभएको छ, पहिले यस्तो हुनुहुन्थेन ।’ सुन्तलीसँग हामीले यस्तो वार्तालाप गरिरहँदा धुर्मुस रौतहटको चन्द्रहनिगाहपुरस्थित सन्तपुरमा पसिना चुहाउँदै थिए । कथित दलित परिवार, जसले साउने बाढीबाट घरबार गुमाए, उनीहरुलाई सग्लो घर दिने बचन दिँदै धुर्मुस बस्ती निर्माणमा खटिएका […]

‘धुर्मुस’को समाजसेवा, चौतर्फी प्रशंसा

धेरै कलाकारले बाढीबाट प्रभावित मानिसहरुका लागि सामाजिक संजालमा स्टाटस लेखिरहँदा वा केही कलाकारले रकम सहयोगको घोषणा गरिरहँदा हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ भने महोत्तरी पुगिसकेका थिए । महोत्तरीमा पहिले नै खाद्यान्न र डाक्टरको बन्दोवस्त मिलाइसकेका धुर्मुस आइतबार बेलुकीबाट नै सहयोगमा खटिएका थिए । उनै, सिताराम र कुञ्जनाको ‘धुर्मुस-सुन्तली फान्डेशन’ले मंगलबार बेलुकी सामाजिक संजालमा केही तस्बिरहरु […]

औषधी र खाद्यान्न बोकेर बाढी प्रभावित क्षेत्रमा पुगे ‘धुर्मुस’

चर्चित हाँस्य कलाकार एवं समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ बाढीले प्रभावित भएका जिल्लामा राहतका लागि पुगेका छन् । ‘धुर्मुस सुन्तली फाउन्डेशन’का तर्फबाट सहयोगमा जुट्नका लागि आफू अहिले महोत्तरी पुगेको सितारामले अनलाइनखबरलाइ जानकारी दिएका छन् । उनले औषधी, खाद्यान्न, त्रिपालसहित आफू बाढी प्रभावित सबै क्षेत्रमा पुग्ने र राहत वितरण गर्ने जानकारी दिए । उनले भने-‘हामीले खाद्यान्न महोत्तरीमा […]

‘आइ लभ यू’, एक करोड पटक हेरिएपछि केक काटेर सेलिव्रेशन

नेपाली चलचित्रका गीतसंगीतले त युटुबमा १ करोड भन्दा बढी भ्यूज पाएको कुरा अब नौलो रहेन । तर, आधुनिक गीतसंगीतले १ करोड भन्दा बढी भ्यूज पाउनु आफैमा सकारात्मक कुरा हो । ‘तिमीलाई देखेपछि आइ लभ यू भन्न मन लाग्यो’ बोलको गीतले पनि युटुबमा एक करोड भ्यूज पाएपछि केक काटेर सेलिव्रेशन गरिएको छ । सरोज ओली र […]

‘नमुना नेपाल’का लागि ‘धुुर्मुस-सुन्तली’ले भेटे जग्गा

३ वटा बस्ती बनाएर विश्वभरका नेपालीको मन जितेका हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको नयाँ योजना निर्माणले गती लिने भएको छ । ‘नमुना नेपाल’ बनाउने योजनाका साथ अगाडि बढेको यो जोडीले अब खोजेजस्तै जग्गा भेटेको बताएका छन् । उनीहरुले ५ अर्ब बजेटमा यो योजना पुरा गर्ने बताएका थिए । सरकारले स्विकृती दिएको खण्डमा […]

प्रिमियरमा छल्किएको ‘धुर्मुस-सुन्तली’को प्रेम

वुधबार बेलुकी काठमाण्डौको कुमारी हलमा आयोजित चलचित्र ‘म यस्तो गीत गाउँछु’को प्रिमियरमा निकै रमाइला दृश्यहरु देखिए । जसमध्ये, हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको रोमान्स पनि एक थियो । पि्रमियरका लागि तयार पारिएको स्टेजमा चढेर यी दुइले एक अर्कासँग रोमान्स गरे । सुन्तलीले धुर्मुसका लागि गीत गाइन् । धुर्मुसले सुन्तलीसँग पोज-पोजमा तस्बिर खिचाए […]

मुसहर बस्तीमा ‘धुर्मुस सुन्तली’को प्रेम

हाँस्य सिरियल ‘मेरी बास्सै’बाट उदाएका चर्चित कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई विश्वमा रहेका नेपालीले ‘धुर्मुस-सुन्तली’ भनेर चिन्छन् । एउटा सिरियलले दिएको नयाँ परिचय आज विश्वमाझ नेपालीको मनमा बसेको छ । ‘धुर्मुस-सुन्तली’ले सिरियलमा अभिनय गरेर मात्र यो नाम बनाएका होइनन् । सिरियलले दिएको नयाँ नामलाइ उनीहरुले समाजसेवाबाट नयाँ उचाइमा स्थापित गरेका छन् । भूकम्पपछि नेपाल […]

मुसहर बस्ती निर्माणमा जुटे धुर्मुस-सुन्तली, गाउँ पुग्दा भव्य स्वागत

मुसहर बस्ती बनाउन धुर्मुस (सिताराम कट्टेल) महोत्तरीको बर्दिबास पुगेका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षिया मरनी सादा विहानैदेखि खुशी थिइन । मरनी लामो समयदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छिन् । जाडोमा पराल ओछ्याएर बोरा ओडेर सुत्ने मरानीलाई धुर्मुले नयाँ घर बनाइदिन लागेको खबरले कम्ता खुशी लागेको छैन । धर्मुसको […]

दुबइमा ‘धुर्मुस–सुन्तली फाउन्डेशन’लाई ४० लाख सहयोग

‘तेश्रो एकिकृत बस्ती निर्माण’को घोषणा गरेको ‘धुर्मुस सुन्तली’ फाउण्डेशनलाई ४० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टीङ एण्ड जेनेरल क्लिनिक कम्पनीको तर्फबाट एकिकृत नमुना मुसहर बस्ती निर्माणका उक्त सहयोग प्राप्त भएको हो । आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर ‘धुर्मुस सुन्तली’लाई सहयोग रकम हस्तान्तरण गरेका […]

‘छक्का पन्जा’को सेलिव्रेशनमा जब ‘धुर्मुस’ले नमुना बस्तीको कुरा गरे(भिडियो)

‘मैले नै हो यो देश बनाउने भन्ने भावना ठानेर तपाइहरुले अझै सहयोग गर्नुहुन्छ भन्ने लागेको छ’, चलचित्र ‘छक्का पन्जा’को सय दिने सेलिव्रेशन कार्यक्रममा कलाकार सिताराम कट्टेलले यसरि सबैलाई साथको लागि आग्रह गरे । गिरान्चौरमा ‘नमुना बस्ती’ तयार पारेपछि ‘धुर्मुस-सुन्तली’ फाउन्डेनश’ले तेश्रो पटक महोत्तरी जिल्लाको वर्दिवासस्थित मुसहर समुदायका लागि ‘एकिकृत नमुना बस्ती’ तयार पार्दैछ । सितारामको […]

‘भाइ’लाई साथ दिन भन्दै गिरान्चौर पुगिन् रेखा, निर्माणमा गरिन् हातेमालो

सिन्धुपाल्चोकको गिरान्चौर बस्तीमा पुगेर नायिका रेखा थापाले निर्माणमा साथ दिएकी छिन् । रेखाले दिएको साथले हौसला मिलेको हाँस्यकलाकार सिताराम कट्टेलले बताए । उनका अनुसार रेखाको यो उपस्थिती सिंगो चलचित्र क्षेत्रकै उपस्थिती हो । ‘धुर्मुस-सुन्तली’ फाउन्डेशनलाई नगद १ लाख सहयोग गरेकी रेखाले शनिबार भने आफूलाई बस्ती निर्माण भैरहेको हेर्न मन लागेकाले पुगेको बताइन् । उनले केही […]