Comments Add Comment

सीता पौडेल

List Grid
२४ दिनसम्म उठाइएन सीताको शव, मुद्दा कमजोर पार्न खोजेको आरोप

१३ असोज, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेलको मृत्यु भएको २४ दिन बितिसक्दा पनि उनको शव उठाइएको छैन । गत भदौ २० बिहान सीता आफ्नै घरको कोठामा मृत भेटिएकी थिइन् । माइती पक्षले परिवारका सदस्यको योजनामा हत्या भएको दावी गरेको छ । तर पोष्टमार्टम रिपोर्टमा भने आत्महत्या देखिएको छ । […]

प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम ल्‍याउन सफल भएँ : सीता पौडेल

१३ साउन, काठमाडौं । गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले चालु आर्थिक वर्षमा ‘प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम’का लागि प्रदेश सरकार मार्फत २२ करोड रुपैयाँ बजेट विनियोजन गर्न सफल भएको बताएकी छिन् । बुधबार पत्रकार सम्‍मेलन गर्दै पौडेलले भनिन्, ‘प्रदेशको समृद्धिका लागि मैले पनि आफ्नो दृष्टिकोणसहित केही कार्यक्रम तय गरेको थिएँ । जसमध्ये ‘प्रदेश […]

महामारी पीडित परिवारलाई नगद राहत, फ्रन्टलाइनरलाई पुरस्कार

३१ जेठ, पोखरा । नेपाली कांग्रेस नेतृत्वको नवगठित सरकारले दुई दिनमै ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेको छ । सोमबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सीता पौडेलले आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । नीति तथा कार्यक्रममा कोभिड–१९ संक्रमणबाट अभिभावक गुमाएका बालबालिकादेखि संक्रमणका कारण जीवन गुमाएका […]

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

२६ वैशाख, काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार ३ दिनभित्र नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गरेकी हुन् । गण्डकी प्रदेशमा कुनै दलको […]

पद बहालीकै दिन विवादमा परिन् प्रदेश प्रमुख

२२ वैशाख, पोखरा । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेल पदभार ग्रहण गरेकै दिन  विवादमा परेकी छिन् । पदभार ग्रहण गरेकाे दिन सभामुखले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएपछि प्रदेश प्रमुख आलोचित बनेकी हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि दर्ता भएको अविश्वास प्रस्ताव संसदमै अडि्कएको बेला सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले अमिक शेरचनलाई हटाएर पौडेललाई प्रदेश प्रमुख नियुक्त […]

गण्डकीकी नवनियुक्त प्रदेश प्रमुख भन्छिन् : समस्याको रुपमा सभामुख देखिनुभयो

२२ वैशाख, पोखरा । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेलले प्रदेशसभामा भएको गतिरोधका विषयमा सभामुखसँग छलफल गर्ने बताएकी छन् । बुधबार प्रदेश प्रमुखको पदभार ग्रहण गरेपछि अनलाइनखबरसँग कुराकानी गर्दै पौडेलले सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गर्नुको कारणबारे जानकारी लिने र अन्य कदम चाल्ने बताइन् । ‘मैले खेल्ने भनेको सहजीकरणकै भूमिका हो, पहिले त सभमुखसँगै कुरा […]

‘मेरो जिम्मेवारी कल्पना बाहिरको हो’

२१ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा सरकार जोगाउने र गिराउने खेल चलिरहेको बेला सरकारले माओवादीका अमिक शेरचनलाई हटाएर एमालेकी सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । नेकपा विभाजनपछि निम्तिएको जटिल राजनीतिक परिस्थितिमा गण्डकी प्रदेश प्रमुख पाएकी पौडेललाई राजनीतिक सेटिङ मिलाउनकै लागि नियुक्त गरिएको विपक्षीले बताइरहेका छन् । यो नियुक्तिलाई विपक्षी दलहरुले सरकारको सत्ता लम्व्याउने […]

गण्डकी प्रदेश प्रमुख नियुक्त सीता पौडेल को हुन् ?

२० वैशाख, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार गण्डकी र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव नियुक्त भएका छन् । सुदूरपश्चिमका प्रदेश प्रमुख पूर्वउपसभामुखसमेत हुन् । गण्डकी प्रदेश प्रमुख पौडेल भने लामो समयदेखि कम्युनिष्ट पार्टीमा आवद्ध छिन् । नेकपा एमालेको केन्द्रीय सदस्य उनी […]