Comments Add Comment

सुशान्त सिंह राजपुत

List Grid
संझनामा सुशान्तः करिअर चम्कदै गर्दा किन रोजे आत्महत्याको बाटो ?

नायक सुशान्त सिंह राजपुतको निधन भएको एक बर्ष भएको छ । गतबर्ष जुन १४ तारिखमा सुशान्तले आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए । सुशान्तको निधन भएपछि सुरुवाती दिनमा उनले आत्महत्या नगरेर उनको हत्या भएको भन्ने खबरहरु सार्वजनिक भए । नायक सुशान्त सिंह राजपुतले छोटो पर्दाबाट करिअर सुरु गर्दै ठूलो पर्दामा सफलता पाएका थिए । उनको […]

‘चेहरे’को पोष्टरमा तस्वीर नअटाएपछि निराश रिया

नायक सुशान्त सिंह राजपुतको निधनपछि नायिका रिया चक्रवर्ती निरन्तर विवादमा छिन् । यतिमात्र होइन, उनले सुशान्तको निधनपछि जिन्दगीमा निक्कै ठूलो तनाव झेलिसकेकी छिन् । उनी, ड्रग्सको मुद्दामा केही समय हिरासतमा समेत बसिन् । अब, भने रिया आफ्नो जिन्दगीलाई नयाँ तरिकाले अगाडि बढाउने सोचमा छिन् । तर, बलिउडले अझै पनि उनको खुलेर स्वागत गर्न सकेको छैन […]

सुशान्तको हस्तलिखित पत्रमा के छ ?

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको ७ महिना भयो । गतबर्षको जुन १४ मा सुशान्तको शव उनकै अपार्टमेन्टमा भेटिएको थियो । यसपछि, सुशान्तको निधनको बिषयमा थुप्रै अड्कलकाजीहरु लगाइएको थियो । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले केही महिना जेल जीवन पनि बिताउनुपर्यो । सुशान्तको परिवार र उनको फ्यानहरुले उनले आत्महत्या गरेको नभई उनको हत्या भएको भन्दै […]

कलाकार आसिफ बसराले गरे आत्महत्या

बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको केही समयपछि अर्का कलाकार आसिफ बसराले पनि आत्महत्या गरेका छन् । ५३ बर्षका यी कलाकारले हिमाञ्चल प्रदेशको धर्मशाला मेक्लोडगंजमा आत्महत्या गरेका हुन् । उनको आत्महत्याको कारण पनि खुलेको छ । भारतीय मिडियाका अनुसार, उनी डिप्रेशनमा थिए । प्रहरीले कुनै पनि सुसाइड नोट फेला पारेको छैन । उनी, आत्महत्या […]

ड्रग्स लुकाएको आशंकमा अर्जुन रामपालको घरमा एनसीबीको छापा

नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका केही नायिकासँग भारतको एनसीबीले ड्रग्सको मुद्दामा सोधपुछ गरिसकेको छ । सुशान्तको निधनको एउटा कारण ड्रग्स पनि रहेको प्रष्ट भएपछि एनसीबीले बलिउडका केही कलाकारमाथि निगरानी राखेको छ । सोमबार मात्रै निर्माता फिरोज नाडियाडवालाको घरमा ड्रग्स भेटिएपछि उनलाई हिरासतमा राखिएको छ । एनसीबीले नायक अर्जुन रामपालको घरमा पनि छापा मारेको छ […]

अर्णवलाई सलमानको जवाफ–कराएर केही हुँदैन

नायक सुशान्त सिंह राजपुतको निधनपछि केही मिडियाले बलिउडलाई अनावश्यक विवादमा तान्ने कोशिश गरे । यसमा नायक साहरुख खान, सलमान खान लगायतको नाम पनि जोडियो । मिडिया ट्रायलमा यी कलाकारको नाम ठूलो स्वरले लिइएको थियो । रिपब्लिक भारतका प्रमुख अर्णव गोस्वामीले नायक सलमान खानले ठूलो स्वरमा लुकेर नबस्न चेतावनी दिए । सुशान्त सिंह राजपुतको निधनबारे केही […]

रियालाई मिल्यो जमानत

ड्रग्सको मुद्दामा केही हप्तादेखि जेलमा रहेकी बलिउड नायिका तथा नायक सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई मुम्बइको उच्च न्यायलयले जमानत दिएको छ । जमानत पाएपनि रियालाई विदेश यात्रा गर्दा प्रशासनको अनुमति आवश्यक पर्दछ । यस्तै, मुम्बइबाट बाहिर जानुपर्दा पनि रियाले प्रहरी अधिकारीलाई यो कुराको जानकारी दिनुपर्नेछ । यस्तै, उनी १० दिनको अन्तरमा प्रहरी कार्यलय पुग्नुपर्नेछ […]

ड्रग्सको मुद्दामा जोडियो दीपिकाको नाम

नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका विभिन्न मुद्दाहरु सार्वजनिक भैरहेका छन् । नेपोटिज्मबाट सुरु भएको छानविन अहिले ड्रग्सको मुद्दामा पुगेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सकै मुद्दामा जेलमा छिन् । उनीमाथि लागेको आरोपको छानविन चलिरहेको छ । यसैविच, नायिका दीपिका पादुकोणको नाम पनि यो मुद्दामा जोडिएको छ । नायिका दीपिका पादुकोणले आफ्नी म्यानेजरसँग ड्रग्स […]

रियाको जमानतको आग्रह अदालतद्धारा खारेज

बलिउड नायिका तथा नायक सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीले जमानतका लागि गरेको आग्रहलाई मुम्बइको अदालतले खारेज गरिदिएको छ । अब, रियालाई २२ सेप्टेम्बरसम्म जेलमा नै रहनुपर्ने हुन्छ । रियाको साथमा शोविक चक्रवर्ती, अब्दुल वासित, जैद विलात्रा, दिपेश सावन्त, सैमुअल मिरान्डाको जमानत आग्रहलाई पनि अदालतले खारेज गरिदिएको छ । फैसला सुनाउने क्रममा न्यायधिश जेवी गुरवले […]

सुशान्त र रियाको प्रेममा ‘ड्रग्स’ कनेक्शन

मंगलबार बेलुकी भारतीय न्यूज च्यानल ‘जी न्यूज’ले २ वटा भिडियो सार्वजनिक गर्यो । नायक सुशान्त सिंह राजपुतको निधन भन्दा करिब ५ महिना अगाडिको शो भिडियो सुशान्तकै घरमा खिचिएको थियो, जसलाई उनकी प्रेमिका रिया चक्रवर्तीले खिचेकी थिइन् । २ छोटा भिडियोमा सुशान्त र रियाले कुराकानी गरेको देख्न सकिन्छ । तर, भिडियोमा सुशान्तको हालत दुखलाग्दो छ । […]

रियामाथि मिडियाको दुर्व्यवहारमा बलिउडकर्मीको आक्रोश

नायक सुशान्त सिंह राजपुतको निधनपश्चात उत्पन्न परिस्थितीले अहिले नयाँ मोड लिइरहेको छ । उनको निधनपछि विभिन्न व्यक्तिहरुमाथि छानविन पनि भैरहेको छ । अहिले, मिडिया र प्रहरीको निशानामा उनकी प्रेमिका रिया चक्रवर्ती परेकी छिन् । आइतबार आफ्नो बयानका लागि एनसीबीको अफिस पुगेकी रियालाई मिडियाका क्यामेराले घेरेका थिए । मिडियाकर्मीले न त सामाजिक दुरीको नै ख्याल राखे […]

रणवीर, अयान र विक्कीको ब्लड चेक गर्न आवश्यक छः कंगना

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि विभिन्न बिषयहरु अगाडि आइरहेका छन् । नायिका रिया चक्रवर्तीको नाम ड्रग्ससँग जोडिएपछि अहिले यसले सर्वाधिक चर्चा पाइरहेको छ । यसैविच, नायिका कंगना रनावतले बलिउडका ९९ प्रतिशत मानिसहरुले ड्रग्स लिने गरेको बताएकी छिन् । उनले भनिन्–‘म आग्रह गर्न चाहन्छु कि, रणवीर कपुर, रणवीर सिंह, अयान मुखर्जी, विक्की कौशल जस्ता कलाकारले […]

रियालाई विद्या र तापसीको को समर्थन

नायक सुशान्त सिंह राजपुतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई शंकाको घेरामा राखेर सीबीआइले सोधपुछ गरिरहेको छ । सुशान्तका फ्यान र उनको परिवारले उनको लागि न्याय मागिरहेका छन् । तर, केही मिडियाले भने रियालाई हत्यारा प्रमाणित गरिसकेका छन् । यसले, रियालाई मानसिव तनाव भोग्नु परिरहेको छ । तर, अब भने केही नायिकाहरु रियाको समर्थनमा उत्रिएका छन् […]

रिया भन्छिन्–‘म टुटेकी थिएँ, यसैले महेश भट्टलाई मेसेज गरेँ’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीको बिषयममा थुप्रै खालका खबर सार्वजनिक भैरहेका छन् । केही मिडियामा त रिया र निर्देशक महेश भट्टविच प्रेम रहेको चर्चा पनि नचलेको होइन । रियाले जुन ८ मा महेशलाई म्यासेज गरेकी थिइन् । सुशान्तको निधनपछि यो म्यासेज सार्वजनिक भयो । यो बिषयमा कुरा गर्दै रियाले एक […]

रिया भन्छिन्–‘मैले सुशान्तको पैसा खर्च गरेको थिइनँ’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको २ महिना बढी भैसकेको छ । तर, उनको मुद्दाको छानबिन अझै सकिएको छैन । अहिले यो मुद्दालाई भारतको सीबीआइले छानबिन गरिरहेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती यो मुद्दाको वरिपरी सबैभन्दा धेरै घेरिएकीछिन् । उनै रियाले एक भारतीय टेलिभिजनसँग कुरा गर्दै भनेकी छिन्–‘सन. २०१९ को अक्टुबर महिनामा हामी […]

सुशान्तको मुद्दाको छानबिन गर्न सीबीआइलाई सर्वोच्च अदालतको आदेश

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनको बिषयमा जाँच गर्न भारतको सर्वोच्च अदालतले सीवीआइलाई आदेश दिएको छ । बुधबार फैसला सुनाउँदै सर्वोच्चले सीवीआइलाई मुद्दाको जाँच गर्न आदेश दिएको हो । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले भारतको पटनामा भैरहेको छानविनलाई मुम्बइमा ट्रान्सफर गरि पाउँ भनी सर्वोच्चमा अपिल गरेकी थिइन् । सर्वोच्च अदालतले ‘विहार प्रहरीले दर्ता गरेको एफआइआर सही […]

रियासहित ६ जना विरुद्ध सीबीआइले गर्यो एफआइआर दर्ता

बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्याको मुद्दा अब सीबीआइले हेर्ने भएको छ । पटना सरकारको आग्रहमा भारतको केन्द्र सरकारले सीबीआइलाई यो घटनाको छानबिन गर्न अनुमती दिएसँगै घटनाले नयाँ मोड लिएको छ । सीबीआइले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती सहित ६ जना विरुद्ध एफआइआर दर्तागरेको छ । जसमा रियाका भाई, पिता, आमा, सुशान्तका घरमा काम गर्ने २ […]

महाराष्ट्रका मुख्यमन्त्रीको बयानमा कंगनाको आक्रोश

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि नायिका कंगना रनावत निरन्तर मिडियामा छाइरहेकी छिन् । कंगनाले सुशान्तले आत्महत्या गरेको नभई उनको योजनावद्ध रुपमा हत्या गरिएको आरोप लगाउँदै आएकी छिन् । यसैविच, भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कसैसँग प्रमाण भएको खण्डमा ल्याएर दिन आग्रह गरेका थिए । यो मुद्दा छानविनका लागि मुम्बई प्रहरी असक्षम नभएको उनको तर्क […]

के सुशान्तको बैंकबाट रियाले निकालेकी थिइन् १५ करोड ?

नायक सुशान्त सिंह राजपुतको निधनको बिषय अब नयाँ मोडमा प्रवेश गरेको छ । मुम्बई प्रहरीले सुशान्तको निधनको बिषयमा बलिउडकर्मी तथा उनको आफन्तसँग सोधपुछ गरिरहेको छ । यसैविच, सुशान्तका पिताले पटना प्रहरीमा रिया चक्रवर्तीविरुद्ध एफआइआर दर्ता गरेपछि पटना प्रहरीले पनि यसको छानबिन गरिरहेको छ । पटनाबाट ४ प्रहरी अफिसर्स मुम्बई पुगेका छन् । सुशान्तका पिताले रिहाले […]

रियाको वकिलले गरिन् अग्रिम जमानतको अपिल

नायक सुशान्त सिंह राजपुतको निधनपछि प्रहरीले यो घटनालाई व्यवसायिक कोणबाट अनुसन्धान गरिरहेको थियो । तर, अब सुशान्तका पिताले नायिका रिया चक्रवर्तीविरुद्ध उजुरी दर्ता गरेपछि घटनाले नयाँ मोड लिएको छ । उजुरी परेसँगै पटनाका ४ प्रहरी अफिसर्स मुम्बई पुगेका छन् । उनीहरुले सुशान्तको अपार्टमेन्टको पनि जाँच गर्नेछन् । यसैविच, एफआइआर दर्ता भएपछि रियाकी वकिल मंगलबार बेलुकी […]

रियाविरुद्ध सुशान्तका पिताको उजुरी

नायक सुशान्त सिंह राजपुतको निधनपछि मुम्बई प्रहरीले थुप्रै बलिउडकर्मीको बयान लिइसकेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको बयान पनि प्रहरीले लिइसकेको छ । तर, अब यो घटनाले नयाँ मोड लिएको छ । सुशान्तका पिता केक सिंहले रियाविरुद्ध पटना प्रहरीमा उजुरी दिएका छन् । उनले, सुशान्तलाई आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको भन्दै उजुरी दिएका हुन् । […]