+
+
Shares

‘सुशान्त सिंह राजपुत लागूऔषधको प्रभावमा थिएनन्’, अभिनेत्री स्मिताको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्मिता जयकरले सुशान्त सिंह राजपुत मुम्बईस्थित हिन्दुजा अस्पतालमा डिप्रेसनको उपचार गराइरहेको र आत्महत्याका विचार आउने गरेको बताइन्।
  • उनले सुशान्तलाई सहयोग गर्न रिया चक्रवर्तीले आफूसँग सम्पर्क गरेको र आफूले उपचारात्मक सत्र दिएको खुलाइन्।
  • स्मिताले सुशान्त लागूऔषधको प्रभावमा रहेको आफूलाई नलागेको तर डिप्रेसनको औषधि सेवन गरिरहेको बताइन्।

दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यालाई लिएर विभिन्न थरीका अड्कलबाजी हुँदै आएका छन् । यसले उनका प्रशंसकमा अन्योल सिर्जना गरेको छ । सुशान्तको निधन भएको लामो समय बितिसक्दा पनि उनको मृत्युको वास्तविक कारणबारे चासो कायमै छ। यसैबीच बलिउड अभिनेत्री स्मिता जयकरले यस विषयमा नयाँ खुलासा गरेकी छन् ।

उनले आफूसँग भेट हुँदा सुशान्त डिप्रेसनबाट पीडित रहेको र मुम्बईको प्रतिष्ठित अस्पतालमा उपचार गराइरहेको बताएकी छन् । सुशान्तलाई भेट्न जाँदा उनले आफूसँग खुलेर कुराकानी गरेको पनि स्मिताले खुलासा गरेकी छन् ।

अभिनेत्री स्मिता जयकरका अनुसार उनले सुशान्त सिंह राजपुतलाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भेटेकी थिइन् । सुशान्तलाई सहयोग गर्न रिया चक्रवर्तीले आफूसँग सम्पर्क गरेको उनले बताएकी छन् ।

सिद्धार्थ कन्ननसँगको पोडकास्टमा स्मिताले आफूले सुशान्तलाई निको हुन सहयोग गर्ने उद्देश्यले उपचारात्मक सत्रसमेत दिएको बताइन् । त्यतिबेला सुशान्त डिप्रेसनबाट गुज्रिरहेका थिए ।

भनेकी छिन्, ‘सुशान्तलाई आत्महत्याका विचारहरू आउँथे । म उनलाई भेट्दा उनी हिन्दुजा अस्पतालमा डिप्रेसनको उपचार गराइरहेका थिए । मैले उनलाई सहयोग गर्ने प्रयास गरेँ । उनले मेरो आश्रममा आउने वाचा पनि गरेका थिए ।’

सुशान्त सिंह राजपुतलाई लिएर लागूऔषध सेवनसम्बन्धी विभिन्न चर्चा पनि हुँदै आएका छन् । स्मिता जयकरले यस विषयमा पनि आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

उनका अनुसार दिवंगत अभिनेतालाई भेट्दा उनी कुनै पनि लागूऔषधको प्रभावमा रहेको आफूलाई लागेको थिएन। उनी डिप्रेसनको औषधि भने सेवन गरिरहेका थिए । तर, लागूऔषधको लतमा परेको व्यक्तिजस्तो आफूलाई नलागेको स्मिताले बताएकी छन् ।

सुशान्त सिंह राजपुतको निधन सन् २०२० जुन १४ मा भएको थियो । उनको निधनपछि पनि प्रशंसकहरूले घटनाको वास्तविकताबारे चासो राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?