News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमा ३७ वर्षीया सत्यदेवी कोइराला र छोरी ९ वर्षीया पुजा खड्काको मृत्यु भएको छ ।
- नुहाउने क्रममा डुबेको खबरपछि प्रहरी चौकी कुशेश्वर दुम्जाबाट खटिएको प्रहरीले खोजी गर्दा दुवैको शव फेला पारेको छ ।
- प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।
६ कात्तिक, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ ।
ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ घर भएकी ३७ वर्षीया सत्यदेवी कोइराला र उनकै छोरी ९ वर्षीया पुजा खड्काको बिहीबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
नुहाउने क्रममा उनीहरू डुबेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4