News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा मोटरको नाङ्गो तारमा परेर करेन्ट लाग्दा १३ वर्षीय आयुष पासवानको घटनास्थलमै मृत्यु भएको छ।
- जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय नन्टुन पासवानका छोरा आयुषको शनिबार दिउँसो करिब साढे २ बजे मृत्यु भएको हो।
- प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
११ असोज, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय नन्टुन पासवानका छोरा आयुष पासवानको शनिबार दिउँसो करिब साढे दुई बजे मृत्यु भएको हो ।
प्रहरीका अनुसार हिरेन्द्र राउतको खेतमा मोटरबाट सिँचाइका लागि प्रयोग गरिएको विद्युत्को नाङ्गो तारमा परेपछि आयुषलाई करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4