+
+
Shares

मनास्लु हिमाल आरोहणको क्रममा एक विदेशीको मृत्यु

गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमाल आरोहणका लागि गएका एक विदेशी आरोहीको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु आरोहणका क्रममा सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।
  • क्याम्प २ बाट बेसक्याम्प फर्कने क्रममा हिँड्न गाह्रो भएर बसेको ठाउँमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
  • उनको शव उद्धारका लागि स्थानीय र ट्रेकिङ एजेन्सीसँग समन्वय गरेर पहल थालिएको छ।

१ असोज, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमाल आरोहणका लागि गएका एक विदेशी आरोहीको मृत्यु भएको छ । ५० बर्षका सिङ्गापुरका लाउ वी सेङको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।

मनास्लु हिमालको क्याम्प २ बाट बेसक्याम्प फर्कर्ने क्रममा हिँड्न गाह्रो भएर बसेको ठाउँमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए। उनको शवलाई स्थानीयले तथा ट्रेकिङ एजेन्सीसँगको समन्वयमा उद्धारको पहल थालिएको उनको भनाइ छ।

उनी एट के एक्सपिडिसन कम्पनीबाट स्वीकृति लिएर हिमाल चढ्न गएका थिए । मृतक सेङ भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?