+
+
Shares

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते २०:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय बालमिकी राय यादवको मृत्यु भएको छ।
  • शुक्रबार साँझ गम्हरियाबाट मलंगवातर्फ आउँदै गरेको मोटरसाइकलले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा ५९ वर्षीय महेश महतो घाइते भएका छन्।
  • प्रहरीले दुर्घटनामा संलग्न कबिलासी नगरपालिका–६ का ५० वर्षीय रामलोचन रायलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

३ असोज, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब ७ बजे गम्हरियाबाट मलंगवातर्फ आउँदै  गरेको प्रदेश २–०३–०१९ प ३०७ नम्बरको मोटरसाइकलले सोही दिशामा रहेका एक पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ७० वर्षीय बालमिकी राय यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । टाउको र नाकबाट रक्तस्राव हुनुका साथै दाहिने खुट्टाको हड्डी भाँचिएका यादवलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मलंगवा नगरपालिका ४ का ५९ वर्षीय महेश महतोको कम्मर र दुवै खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।

प्रहरीले दुर्घटनामा संलग्न कबिलासी नगरपालिका–६ का ५० वर्षीय रामलोचन रायलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?