News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा दुई मोटरसाइकल ठोक्किँदा २२ वर्षीय अर्जुन यादवको मृत्यु भएको छ।
- भोक्राहा नरसिंह गाउँपालिका–३ का यादवको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
- दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलका तीन जनाको न्यूरो अस्पताल विराटनगर र धरान घोपामा उपचार भइरहेको छ।
६ कात्तिक, काठमाडौं । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
कोशी गाउँपालिका–१ लौकहीस्थित सडकमा प्र.०१–०२–०५७ प ७२६१ नम्बरको मोटरसाइकल र प्र.१–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।
उक्त दुर्घटना हुँदा प्र.१–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल चालक भोक्राहा नरसिंह गाउँपालिका–३ बस्ने २२ वर्षीय अर्जुन यादवको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये १ जनाको न्यूरो अस्पताल विराटनगरमा र २ जनाको धरान घोपामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4