Comments Add Comment

हर्षवर्द्धन श्रृंगला

List Grid
भारतीय विदेश सचिवको भ्रमण : सकारात्मक शुरुआत तर पूरै विश्वस्त हुने अवस्था छैन

१३ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको दुई दिने भ्रमणले लामो समयदेखि थाती रहेका द्विपक्षीय विषयहरुमा छलफल गर्न र उच्चस्तरको भ्रमण आदान–प्रदानको लागि सकारात्मक वातावरण बनाएको छ । एक वर्षदेखि चिसिएको सम्बन्ध, चरम आपसी अविश्वास र आरोप–प्रत्यारोपको पृष्ठभूमिमा भएको सो भ्रमणकै क्रममा विवादित विषयमा ठोस सहमतिको सम्भावना र अपेक्षा थिएन । भ्रमणले अगाडि […]

नेपाल र भारतबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक : विदेश सचिव श्रृंगला

१२ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारत सँगै काम गर्न आवश्यक रहेको बताएका छन् । एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा श्रृखलाले दुई देशबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक रहेको बताए। कोरोना महामारीमा पनि दुवै देशसँगै रहेको र मिलेर लड्नुपर्नेमा उनले जोड दिएका छन् । भारतले […]

कांग्रेस नेताहरुसँग भारतीय विदेश सचिवको भेटवार्ता, सीमा विवादमा कुरा भएन

१२ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्वराजदूत दिनेश भट्टराई सहभागी थिए । विदेश सचिव श्रृंगला कांग्रेस नेताहरुलाई भेट्न विहीबार साँझ सभापति देउवा निवासमा पुगेका थिए । करिब आधा घण्टा चलेको भेटवार्ता […]

नेपाल भारत मित्रता कसरी अगाडि बढाउने भन्ने छलफल गर्छु : विदेश सचिव श्रृंगला

११ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले दुई देशको मित्रतालाई कसरी अगाडि बढाउने भनेर नेपाली अधिकारीहरुसँग छलफल हुने बताएका छन् । श्रृंगला दुई दिने भ्रमणका क्रममा बिहीबार विहान काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल आउँदा खुसी लगेको बताए । यसअघि पनि नेपाल आएको तर परराष्ट सचिवको […]

नेपाल आए भारतीय विदेश सचिव श्रृंगला

११ मंसिर, काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आजै […]

भारतीय विदेश सचिव नेपाल आउँदै, उच्चस्तरीय भेटवार्ता आजै

११ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आउँदैछन् । उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको […]

भारतीय पाहुनामाथि प्रश्न : सिमाना र ईपीजीको प्रतिवेदन के गर्ने ?

९ मंसिर, काठमाडौं ।  हिन्दीमा एउटा आहान छ, ‘मान न मान मैं तेरा मेहमान !’ अर्थात्, कसैले माने पनि, नमाने पनि जबरजस्ती पाहुना लाग्नु । दिल्लीबाट काठमाडौंमा भारतीय पाहुनाको आगमन यसैगरी बाक्लिएको छ । नेपालको सीमा अतिक्रमण गरेर वार्तामा बस्न अटेर गर्दै आएको भारतले लगातार ‘मेहमान’हरु पठाइरहेको छ । यही सिलसिलामा विहीबार भारतीय विदेश सचिव […]

‘भारतीय विदेश सचिवको भ्रमण सीमा विवादमा केन्द्रित हुँदैन’

९ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमण सीमा विवादभन्दा पनि द्विपक्षीय विकास साझेदारी र कनेक्टिभिटी परियोजनामा केन्द्रित हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भारतका प्रमुख अंग्रेजी दैनिक पत्रिकाहरुले त्यहाँको उच्च सरकारी स्रोतलाई उल्लेख गर्दै एउटै आशयको समाचार आज प्रकाशित गरेका छन् । भारतका उच्च अधिकारीहरुले विदेश सचिवको भ्रमणका क्रममा […]