Comments Add Comment

हावा हुरी

List Grid
मौसममा एक्कासी आएको परिवर्तनले चीनमा २१ धावकको मृत्यु

९ जेठ, काठमाडौं । चीनमा क्रस–कन्ट्री दौड प्रतियोगितामा भाग लिएका २१ जना धावकको मृत्यु भएको छ । गान्सु प्रान्तको येलो रिभरस्टोन फरेस्टमा प्रतियोगिता भइरहेको बेला एक्कासी चिसो बढेर हुरी र वर्षा भएका कारण ती धावकको मृत्यु भएको चीनको सरकारी सञ्चार माध्यमले जनाएका छन् । खोजी तथा उद्धार टोलीले आइतबार २१ वटा शव फेला पारेको ग्लोबल […]

चट्याङबाट तीनजनाको मृत्यु, ४ घाइते

३ वैशाख, काठमाडौं । बिहीबार रातिदेखि आएको हावा हुरी र वर्षासँगै परेको चट्याङका कारण तीनजनाको मृत्यु र चारजना घाइते भएका छन् । चट्याङबाट भोजपुर, तेह्रथुम र बाग्लुङमा गरी ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका–८, निगुरेकी ६० वर्षीया मनमाया राई, तेह्रथुमको छथर गाउँपालिका–६, असिनेकी ९ वर्षीया रोहिता मगर र बागलुङको ताराखोला […]

दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

३ वैशाख, काठमाडौं । आज र भोलि पनि हावाहुरी र चट्याङसहित पानी पर्ने मौसमविदले बताएका छन् । प्रदेश १ र प्रदेश सातमा यसको बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘प्रिमनसुन एक्टिभिटी बढेको छ । आज र भोलि पनि एक्टिभ नै हुने देखिन्छ ।’ यसको […]

कपिलवस्तुको उदयपुरमा आगलागी, ४५ घर जले

१० वैशाख, कपिलवस्तु । कपिलवस्तुको उदयपुर गाविस-६ उदयपुरमा दिउसो ३ बजेदेखि आगलागी भएको छ । आगलागी सुरु भएको ४५ मिनेटभित्र ४५ घर जलिसकेका छन् । स्थानीय गंगाराम कुर्मीको घरबाट आगो सल्केको हो । अहिले स्थानीय प्रहरी र स्थानीयवासी आगो निभाउन प्रयासरत छन् । तर हावा हुरीका कारण नियन्त्रणमा आउन सकेको छैन । दमकललाई खबर गरिएको […]