Comments Add Comment

सोलुखुम्बुमा ५ रिक्टर स्केलको भूकम्प, काठमाडौंमा धक्का

Earthquake-in nepal

३ पुस, काठमाडौं । बिहीबार राति सोलुखुम्बुलाई केन्द्र बनाएर ५ रिक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का काठमाडौंमा समेत महसुस भएको छ । उपत्यका आसपासका केही जिल्लाका साथै पूर्वी क्षेत्रमा समेत भूकम्पको धक्का महसुस भएको खबर प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन । तर, भूकम्प आएको बेला सदरमुकामसहितका क्षेत्रमा मानिसहरु घरबाहिर निस्किएका थिए ।

प्रहरीका प्रारम्भीक अनुमान अनुसार चीनसँग सीमा रहेको खुमजुङ क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment