Comments Add Comment

नेपालीले अभिनय गरेको बिज्ञापन फेसबुकमा हेरियो चार करोड पटक

नेपाली कलाकार जसवन्तदेव श्रेष्ठ यतिबेला फेसबुकमा निकै हिट भइरहेका छन् । कारण हो- उनले खेलेको बिज्ञापन निकै लोकप्रिय भइरहेको छ ।

एक साताअघि फेसबुकमा अपलोड भएको यो भिडियो नेपाली समयअनुसार शुक्रबार साँझसम्म झण्डै ४ करोड ३८ लाखले हेरिसकेका छन् ।

jaswant-dev-shrestha

यो बिज्ञापनमा उनी भिन्न भिन्न पोशाक लगाएर आफ्नो ब्यक्तित्व आफैले परिक्षण गरिरहेका छन् । बिज्ञापनमा देखिने महिला कलाकार पनि त्यसै गर्छिन् । तर, जब उनीहरुले तस्वीर फेसबुकमा अपलोड गर्छन र साथीभाईको फिडब्याक लिन्छन् ।

बिज्ञापनमा भनिएको छ- अन्तिम समयमा पोशाकबारे सुझाव दिन साथीहरु सवैभन्दा अब्बल हुन्छन् । फेसबुकले आफ्नो लाइक बटनको प्रचारका लागि निर्माण गरेको अफिसियल बिज्ञापनमा श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका हुन् ।

यसअघि फेसबुकले बनाएको विज्ञापन २ करोड सात लाखसम्मले हेरेको रेकर्ड छ । तर, श्रेष्ठले खेलेको बिज्ञापनले फेसबुकको रेकर्डसमेत तोडिदियो ।

‘अहो ४ करोडभन्दा धेरै हेरियो मेरो भिडियो’ उनले फेसबुकमा खुसी साट्दै लेखेका छन- ‘एउटा कलाकारका लागि यो भन्दा ठूलो कुरा के हुनसक्छ ?’

अमेरिकाको लस एन्जलसमा बस्दै आएका श्रेष्ठले फेसबुकको अडिसनबाट छानिएर अभिनय गर्ने मौका पाएका हुन् ।
उनी नेपालमा समेत कलाकारितामा संलग्न थिए । लस एन्जलसमा उनी फिल्म निर्माणमा समेत संलग्न छन् । उनी हाइवे टु धुम्पुस फिल्मका समेत निर्माता हुन् ।

जसवन्तले हालै निर्माण भएको चलचित्र ‘द टि्रजन’ले हलिउडको बिल्स फिल्म फेस्टिभलमा वेष्ट एक्टरको अवार्ड समेत जितेका थिए ।

हेर्नुहोस् भिडियो

First DateFriends are always good for some last–minute fashion advice.

Posted by Facebook on Friday, June 12, 2015

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment