Comments Add Comment

एमाले जनजाति सभासदले भने- गाईको विकल्प खोजौं, धर्म निरपेक्षता नछाडौं

२० साउन, काठमाडौं । नेकपा एमालेका ३८ जनजाति सभासदहरुले हस्ताक्षर संकलन गरेर धर्म निरपेक्षता कायम राख्न माग गरेका छन् । उनीहरुले राष्ट्रिय जनावर गाईको विकल्प खोज्नुपर्ने बताएका छन् ।

पार्टीका शीर्ष नेताहरु धार्मिक स्वतन्त्रताको पक्षमा देखिएका बेला एमालेकै जनजाति सभासदहरुले त्यसको विरोधमा हस्ताक्षर संकलन गरेका हुन् ।

संविधान निर्माणमा समावेश गर्नुपर्ने सवालहरु भन्दै पार्टी अध्यक्ष केपी ओलीलाई बुझाइएको मागपत्रमा ३७ सभासदले हस्ताक्षर गरेका छन् ।

जनजाति सभासदहरुले धर्म निरपेक्षतालाई कायम राख्नुपर्ने माग गरेका छन् । उनीहरुले राष्ट्रिय जनावर गाईको विकल्प खोज्न माग गरेका छन् । अन्य जनजाति पार्टीहरुले यसका यसअघि देखि नै गाईको विरोध गर्दै आएको भए पनि एमालेका जनजाति सभासदहरुले पहिलोपटक मुख खोलेका हुन् ।

चार दलबीच भएको १६ बुँदे सहमतिअनुसार तोकिएको समयमै सीमांकनसहितको संविधान जारी गर्नु पर्ने र प्राकृतिक स्रोत साधनमा स्थानीय समुदायको अग्राधिकार सुनिश्चित गर्नु पर्ने एमाले सभासदको माग छ ।

एमालेका जनजाति सभासदहरुले राज्यका सबै अंग, निकाय र क्षेत्रहरुमा समानुपातिक समावेशी सुनिश्चित गर्नुपर्ने, स्थानीय समुदायको मातृभाषाहरुलाई स्थानीय तहको सरकारी कामकाजको भाषाको मान्यता दिनुपर्ने मागसमेत गरेका छन् ।

जिल्ला संयन्त्र वा तह राख्न नहुने, स्थानीय सरकार अधिकार सम्पन्न हुनुपर्ने र उसले नै नागरिकता, राहतदानी र जग्गा रजिस्ट्रेसन गर्न पाउनुपर्ने एमाले जनजाति सभासदहरुको माग छ ।

एमाले सभासद यज्ञराज सुनुवारले अनलाइखबरसँग भने-‘यो मागमा पार्टीका अन्य सभासदहरुको पनि समर्थन छ, उहाँहरुको पनि हस्ताक्षर संकलन हुँदैछ ।’

UML-janajati-Savasad

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment