Comments Add Comment

जानकी मन्दिरको भेटीले प्रदेश नम्बर २ चल्दैन : उपेन्द्र यादव

३० साउन, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पर्सादेखि सप्तरीसम्मको प्रदेश नम्बर ३ सामर्थ्य विनाको भएको बताएका छन् ।

upendra-yadavसैद्धान्तिक आधार विना पहिचान र सामथ्र्यलाई उल्टाएर ६ प्रदेशको सीमांकन भएको उनले बताए ।

समाजवादी फोरमका अध्यक्ष यादवले भने-‘पर्सादेखिको सप्तरीसम्मको प्रदेशको कुनै पनि सामर्थ्य छैन । धान खेती छ, यो वर्ष पानी नपरेर त्यो पनि फल्दैन । जानकी मन्दिरमा चढाएको भेटीले प्रदेश चल्दैन ।’

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा यादवले अधिकारको लागि भइरहेका आन्दोलनलाई साम्प्रदायिक बनाएर दमन गर्ने षड्यन्त्र भइरहेको दावी गरे ।

टिकापुरमा भएको आमसभाको विषयमा गरिएको प्रचारप्रति दुःख ब्यक्त गर्दै उनले भने-‘यो असमानता, अधिकारविहीन बनाउने, पहिचान र समावेशीता नदिने कार्य विरुद्धको लडाई हो । कुनै कुनै समूदायको विरुद्धको लडाई होईन ।’

टिकापुरको आमसभा सञ्चारमाध्यमले ब्लाक आउट गरेको भन्दै उनले फेसबुकमा केही उरन्ठेउलाहरुले उपेन्द्र यादवलाई जनताले लखेटे भनेर गलत प्रचर गरेको दाबी गरे । उनले भने-‘यसरी साम्प्रदायिक विद्धैष फैलाउने काम दुःखद छ ।’

केपी ओलीले साम्प्रदायिक र विखण्डनकारी भनेको प्रति लक्षित गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष यादवले ओलीले अहिले प्रतिगमनको नेतृत्व गरिरहेको दावी गरे ।

संविधानसभाले स्वामित्व ग्रहण गरेको, सहमति गरेको र अन्तरिम संविधानले स्विकारेको विषयलाई आधार मानेर संविधान बनाए आफुहरुलाई स्वीकार्य हुने उनले बताए ।

तर, विगतमा भएका सहमति र अन्तरिम संविधान अनुसार संविधान नबनाए मुलुकमा ठूलो विपत्ति आउने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment