Comments Add Comment

रेखाको अंकमालले बदलेको छविको मनस्थिती

rekha-and-chabi
चैत्रको अन्तिम सातालाई आफ्नो पेवा ठान्दै आएका निर्माता छविराज ओझा यो बर्ष भने दर्शकमाझ नदेखिने भएका छन् । छविराज प्रोडक्शनको यो बर्ष कुनै पनि चलचित्र रिलिज हुने छैनन् । यसको मुख्य कारण हुन् नायिका रेखा थापा ।

भूकम्पका कारण दशैंमा चलचित्र रिलिज गर्न नसकेकी रेखा एकाएक चैत्र २६ गते ‘रामप्यारी’ चलाउन अग्रसर भएपछि छवि पछि सर्न वाध्य भएका हुन् । यही मितिमा अर्को चलचित्र ‘नाई नभन्नु ल ४’ पनि रिलिज हुँदैछ । निर्देशक विकास आचार्य पनि यो मितिलाई आफ्नै पेवा ठान्दै आएका छन् ।

केही दिन अगाडि काठमाण्डौमा आयोजित एक चलचित्रको शोमा पुगेका रेखा र छविले अंकमाल गर्दै मुस्कान साटेका थिए । निर्माता छवि रेखाकै कारण आफ्नो चलचित्र ‘किस्मत २’लाई तोकिएको मितिमा नल्याउन तयार भएका हुन् । अब, संभवत छविको यो चलचित्र तीजको अवसरमा अर्को बर्ष रिलिज हुनेछ ।

रेखासँगै निर्माता छविराजले नायिका शिल्पा पोख्रेल अभिनित चलचित्र ‘फागु’को व्यापार पनि कुरेका थिए । हुनत, छविले ‘किस्मत २’ नल्याउने सोच एक महिना अगाडि नै बनाएका हुन् । जसका कारणले गर्दा पनि उनले चलचित्रको कुनै पनि किसिमको प्रचार गरेका छैनन् । छवि चलचित्र क्षेत्रमा बाठा निर्माताको रुपमा चिनिन्छन् । जसले थुप्रै कुरा सोचेर मात्र चलचित्र रिलिज गर्ने गरेका छन् ।

रेखासँग चलचित्र जुधाउनु आफ्नै लागि घाटा हो भन्ने राम्रोसँग वुझेका छविले ‘किस्मत २’को प्रदर्शन पछि सारेका हुन् । यसैले पनि होला रेखा र छविले केही दिन अगाडि जय नेपाल हलमा दिल खोलेर अंकमाल गरेका थिए । कतै छविलाई रेखाको अंकमालले त परिवर्तन गरेन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment