१५ भदौ, मोरङ । मधेषी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छारले संविधानसभा चुनावको सुरक्षाका लागि सेना परिचालन गर्नु पर्ने माग गर्नु भएको छ । मंसिर ४ गतेको निर्वाचन निश्पक्ष एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सेना परिचाल आवश्यक रहेको उहाँको भनाई छ ।
शनिबार दिउँसो विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गच्छदारले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउनु सरकारको ठूलो चुनौती भएको बताउनु भयो । उहाँले हिंसात्मक गतिविधिमा सहभागी भएर कुनै दलले चुनाव विथोल्ने साहस नगर्ने बताउनु भयो । राष्ट्र, अन्तर्राष्ट्रिय जगताका साथै जनताको चाहना पनि संविधानसभाको निर्वाचन नै भएकाले निर्वाचन विथोलेर जनताको चाहना विपरीत जाने साहस कुनै दल नगर्ने उहाँको विश्वास थियो ।
फोरम अध्यक्ष गच्छदारले मंसिर ४ गतेको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताउदै नेकपा-माओवादी चुनावमा नआएपनि कुनै फरक नपर्ने बताउनु भयो । माओवादीलाई निर्वाचनमा सहभागी गराउन अन्तिमसम्म प्रयास गर्ने तर सहमतिमा नआए तोकिएकै मितिमा निर्वाचन हुने ठोकुवा गर्नु भयो ।
मोरङबाट अर्जुन राजवंशीको सहयोगमा
प्रतिक्रिया 4