तिमी आफ्नो लक्षमा पुग्न
चाहन्छौ भने निरन्तर हिड्दै
जाउ चाहे बाटो भरि धारिला
तरवारहरुनै किन बिछाइएका नहुन्
घाउको कुनै प्रबाह नगरी
एक दृढ विश्वासका साथ
लामो यात्रामा हिंडी राख
यस्तो सुन्दर संसारको कल्पना गर
जहाँ कुनै जातीय भेदभाव
नहोस बर्ग संघर्षरहित
व्यवस्था होस्
योग्यता अनुसारको काम
अनि काम अनुसारको दाम
सबैलाई समान रुपमा खान
लाउन पुगोस्
यात्रा जतिसुकै कठिन भएता
पनि पनि यिनै सपना बोकेर
सबै श्रमजीवीहरु हातेमालो
गर्दै अगाडि बढ्दै जाउ
गन्तब्यमा पुग्न नपाउँदै बाटोमै
दुष्मनका ति सैतानहरुले
तिमीलाई चारैतिरबाट धारिला अस्त्रले
प्रहार गरी तिम्रो बाटो रोक्दै यात्रालाई
असफल पार्ने प्रयन्त गर्न खोज्नेछन्
तर
तिमी कति पनि बिचलित नहुनु
सत्रुको प्रहारलाई विश्वासका साथ
परास्त गर्न सक्यौ भने पक्कै
तिमी आफ्नो गन्तब्यमा
पुग्न सफल हुनेछौ
-कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट-४,नवलपरासी
हाल: इजरायल
प्रतिक्रिया 4