९ कात्तिक, काठमाण्डौं । संविधानसभा निर्वाचन असफल बनाउन नेकपा-माओवादीले मोबाइल टावर भत्काउनेदेखि प्रहरीका हतियार खोस्नेसम्मका योजना बनाएको सूचना गृहमन्त्रालयल पाएको छ । दुईसाताअघि दाङमा बसेको माओवादी बैठकले यस्तो नीति बनाएको भन्दै गृहले सुरक्षा रणनीति सर्कुलर गरेको छ ।
गृहमन्त्रालयले संकलन गरेको गोप्य सूचनाअनुसार माओवादीको दाङ बैठकले ४ मंसिरमा हुने निर्वाचनलाई जीवनमरणको लडाइँ बनाएको छ । सबै कदम चालेर निर्वाचनलाई असफल बनाउन खोजेको भन्दै गृहले माओवादीका शीर्ष नेताहरुलाई निगरानीमा राखेको छ । उनीहरुका चुनावविरोधी गतिविधि निस्तेज पार्न सुरक्षा निकायलाई सर्कुलर गरेको नयाँ पत्रिकामा खबर छ ।
गृहले गरेको सर्कुलरमा मोबाइल टावर हान्ने तथा प्रहरीको हतियार खोस्नेजस्ता माओवादी रणनीतिउपर सचेत रहन भनिएको छ । टेलिकम टावर तोडफोड गर्दा सञ्चार विच्छेद हुने र चुनाव भाँड्न सजिलो हुने नीति माओवादीले बनाएको गृह स्रोतको दाबी छ । गृहको सर्कुलरमा बैद्य माओवादीले जनविद्रोहका लागि वातावरण बन्दै गएको उल्लेख गर्दै विस्तारै अर्धभूमिगत हुने, त्यसपछि हतियार प्रयोग गर्ने र त्यसपछि पूर्ण रुपमा भूमिगत हुने रणनीति लिएको उल्लेख छ ।
प्रतिक्रिया 4