+
+

पैसा अन्तिम सत्य हो, कसरी कमाउन सकिन्छ ? यसो भन्छन धनका विज्ञ;

१७ कात्तिक, काठमाडौं । समग्र विश्व यति बेला लक्ष्मी अर्थात पैसाको पछाडी दौडिरहेको छ । मानिसका लागि जसरी मृत्यू अन्तिम सत्य हो, त्यसरी नै पैसा कमाउनु पनि अन्तिम सत्य सावित भइसकेको छ । ‘एन हाउ, पैसा कमाउ’ भन्ने सिद्धान्त बोकेर मानिसहरु पैसा कमाउन दौडिरहेका छन् । मानिसका लागि बाबु-आमा र छोरा-छोरी भन्दा पनि पैसा ठूलो भइसक्यो ।

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक १७ गते १४:१४

नविन अर्याल

१७ कात्तिक, काठमाडौं । समग्र विश्व यति बेला लक्ष्मी अर्थात पैसाको पछाडी दौडिरहेको छ । मानिसका लागि जसरी मृत्यू अन्तिम सत्य हो, त्यसरी नै पैसा कमाउनु पनि अन्तिम सत्य सावित भइसकेको छ । ‘एनी हाउ, पैसा कमाउ’ भन्ने सिद्धान्त बोकेर मानिसहरु पैसा कमाउन दौडिरहेका छन् । मानिसका लागि बाबु-आमा र छोरा-छोरी भन्दा पनि पैसा ठूलो भइसक्यो ।

money_nepalii

तर, पैसा कमाउन त्यति सजिलो छैन, पैसा कमाउन इमान्दारी, लगनशिल, कर्तव्यनिष्ठ, मेहेनती समयलाई चिन्न सक्ने, लगानीका क्षेत्र पहिचान गर्न सक्ने, शिक्षित हुनुका साथै भाग्यले पनि साथ दिनुपर्छ । सजिलै पैसा कमाउन सकिने भए आज संसारका सबै मानिस धनी बन्थे होलान् ।

तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पुजा । आज देशभर धनकी देवी लक्ष्मीको धुमधामका साथ पुजा आजा गरी घरभित्र लक्ष्मी डाकिँदै छ । निराहार वर्त बसी पुजा गरेर घरमा लक्ष्मी डाक्न सकेमा पैसाको वषर्ा हुने हिन्दूहरुको विश्वास रहेको छ । वर्षमा एकदिन भएपनि मानिसहरु पुजाआजा गरी लक्ष्मीलाई आफ्नो वंशमा राख्न खोज्छन् । तर, धनका विज्ञहरु एक दिन लक्ष्मी पुजा गर्दैमा लक्ष्मी दाहिने नहुने बताउँछन् । हिन्दूहरुको संस्कारअनुसार लक्ष्मी पुजा गरिएपनि लक्ष्मीलाई सधैभरी दाहिने बनाउन यस्ता सुझाव दिन्छन्  ।

Mahendra-kumar-Rathiमहेन्द्र कुमार राठी, अध्यक्ष- नेपाल विद्युतीय व्यवसायी महासंघ

हिन्दू धर्मअनुसार लक्ष्मी पैसाको प्रतिक हुनुहुन्छ । लक्ष्मीलाई आफ्नो घरमा बास बसाउन वर्षमा एक दिनमात्र पुजा गरेर हुँदैन् । जहाँ अशान्ती र फोहोर छ, इमान्दारीता, मेहेनत र लगनशिलता छैन त्यस्तो ठाउँमा लक्ष्मीले वास गर्दिनन् । वास गरिहालेमा पनि धेरै दिन टिक्न सक्दिनन् ।

लक्ष्मी कमाउन संस्कारी पनि हुनुपर्छ । लक्ष्मीको देखावटी पुजा गरेर मात्र हुँदैन, कर्तव्य कत्तिको पालना गरिएको छ भन्ने कुराले पनि भूमिका खेल्छ । व्यवसाय गर्नेले इमान्दारी पूर्वक व्यवसाय गर्नुपर्छ । व्यवसायमा एउटा सिद्धान्त हुन्छ, ‘रिजोनेवल प्रोफिट’ । ठिक्क नाफा लिएर समान बिक्री वितरण गर्न सकेमा एक पटक आएको ग्राहक सधैभरी आइरहन्छ । ठिक्क मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराएर ग्राहकलाई खुसी पार्न सक्ने हो भने टाढाको ग्राहक पनि पेट्रोल खर्च गरेर भएपनि आउँछ ।

मानिसमा इमान्दारीता, लगनशिलता र मेहनत र शिक्षा भने अवश्य हुनुपर्छ । यस्तो भएमा जुन क्षेत्रमा लागेपनि लक्ष्मी अर्थात धन कमाउन सकिन्छ । बिल गेट्सले शून्यबाट शुरु गरेर पनि आज संसारको सबैभन्दा धनी व्यक्ति बन्नुको कारण उहाँको लगनशिलता मेहेनत, इमान्दारीता नै रहेको छ ।

हरेक मान्छेमा सबैभन्दा पहिला शिक्षा चाहिन्छ । जिरोबाट शुरु गरेर धनी भएका धेरै उदाहरणहरु छन् । लक्ष्मीलाई दाहिने बनाउन व्यपारमात्रै गर्नुपर्छ भन्ने छैन् । सेवा क्षेत्रबाट पनि प्रसस्त धन कमाउन सकिन्छ । बैंकका सिईओहरुले करोडौं रुपैयाँ खान्छन्, एउटा कन्सलटेन्सी गर्नेले मनग्गे पैसा कमाएको हुन्छ । किसानले पनि राम्रोसँग मेहेनत गरेर काम गर्‍यो भने त्यसैबाट मनग्गे पैसा कमाउन सक्छ । हरेक क्षेत्रमा पैसा लुकेर रहेको हुन्छ । पैसालाई कुन क्षेत्रमा लागेर कसरी आफ्नो बनाउने भन्ने मात्र हो ।

chiranjibi-nepallचिरञ्जीबी नेपाल, बरिष्ठ आर्थिक सल्लाहकार, अर्थमन्त्रालय

लक्ष्मीलाई दाहिने बनाउन वर्षमा एकदिन पुजा गरेर मात्र हुँदैन् । लक्ष्मीलाई पुजा गरेर मात्र खुशी हुँदिनन् । उनलाई खुशी पार्न सधै सजग हुनुपर्छ । लक्ष्मी अर्थात पैसा कमाउन सधैभरी सर्तक, सजग, इमान्दारी र चलाख हुनुपर्छ । किनभने सम्पत्तीको कुनै देश हुँदैन, पार्टी हुँदैन, जात हुँदैन र क्षेत्र हुँदैन् । लक्ष्मी राती १२ बजे आउन पनि सक्छिन र राती १२ बजे त्यसैगरी जान पनि सक्छिन् ।

पैसा कमाउन संस्कारी मात्र नभई आफुसँग भएको सम्पत्तिलाई सही ठाउँको छनौट गरी लगानी गर्नुपर्छ । बढेको सम्पत्तीलाई दुरुपयोग नगरी लगानी गर्दै गएमा लक्ष्मी अर्थात पैसा पनि बढ्दै जान्छ । लक्ष्मीलाई एकपटक खुसी पार्न सजिलो हुन सक्छ तर, निरन्तर खुसी पार्न भने गाह्रो छ । लगतार खुशी राख्न इमान्दारीपूर्वक सही ठाउँमा लगानी गर्न जान्नुपर्छ ।

मेहनतका साथ इमान्दारीपूर्वक काम गर्न सकेमा जिरोबाट शुरु गरेपनि अर्बपती बन्न सकिन्छ । त्यसका लागि क्षेत्रगत ज्ञान अतिआवश्य हुन्छ । आफुलाई ज्ञान नभएको क्षेत्रमा लगानी गरेर पैसा कमाउन सकिदैन् । पैसाको गलत ठाउँमा उपायोग हुनुहुँदैन, लक्ष्मीलाई परिचालन गर्ने मान्छे आफै अनुसासित हुनुपर्छ । अन्यथा लक्ष्मीले साथ छाडेर जान्छिन् ।

rana-bhawaniभवानी राणा, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

लक्ष्मी पुजा हिन्दूहरुको परम्परा हो । यसलाई हामीले निरन्तरता दिँदै जानुपर्छ । तर, एक दिन लक्ष्मीको पुजा गर्दैमा धन कमाउन सकिदैन भन्ने सबैले बुझ्नु जरुरी छ ।

आफुसँग भएको सिमित स्रोत साधनलाई सही ठाउँमा लगानी गर्न सक्यो भने लक्ष्मीलाई दाहिने बनाउन सकिन्छ । लक्ष्मीलाई सही सदुपयोग गर्न सक्यो भने मात्र लक्ष्मीले पत्याउँछिन्, अन्याथा जति गरेपनि पत्याउँदिनन् । लक्ष्मी -पैसा) कमाउन लगानशिल र कर्तव्यनिष्ठ भई मेहेनत गर्नुपर्छ ।

मैले पैसा कमाउँछु भनेरे अर्काको देखेरमात्र हुँदैन् । भाग्यमा पनि पैसा कमाउने लेखेर आउनुपर्छ । जस्को घरमा शान्ती छ, इमान्दारीता छ, पौरख गर्ने हातहरु छन्, शिक्षित जनशक्ती छ उसको घरमा लक्ष्मी प्रवेश गर्छिन भन्ने मलाई लाग्छ । त्यसलाई भाग्यले पनि साथ दिनुपर्‍यो । नत्र त सबै बिजेनेश गर्ने मान्छे धनी भइहाल्थे नी किन टाट पल्टेर भाग्थे र ?

पैसालाई आदार गर्दै गएमा थपिदै जान्छ । धेरै महत्वाकांक्षी हुनुहुँदैन् । भ्रष्टाचारमा लिप्त हुनुहुँदैन्, त्यो पैसा धेरै दिन टिक्दैन् । पैसालाई डबल त्रिबल बनाउन कमाएको पैसालाई थप लगानी गर्दै जानुपर्छ ।

anjan-kumar-shresthaअञ्जन श्रेष्ठ, कार्यकारी निर्देशक, लक्ष्मी ग्रुप

लक्ष्मीलाई दाहिने पार्न आफुमा सामथ्र्य अर्थात ज्ञान र सीपको विकास गर्नुपर्छ । सामथ्र्यलाई उपयोगमा ल्याउन मिहेनत गर्नुपर्छ । मेहेनतलाई नितरन्ता दिनुपर्छ, ग्राहकलाई सेवा वा वस्तु बिक्री गर्दा ठिक्क नाफा लिनुपर्छ । व्यवसायबाट दायाँ बायाँ नलागी स्थिर हुनुपर्छ । यति भएपछि घरमा लक्ष्मीको बास छुट्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?