Comments Add Comment

पर्यटकलाई वोर्डद्धारा यातायात सुविधा प्रदान

४ मंसिर, काठमाडौं । चुनावको दिन पर्यटकहरुलाई असुविधा नहोस भनेर नेपाल पर्यटन वोर्डले यातायातको सुविधा प्रदान गरेको छ । वोर्डले ५ वटा ठूला बस र ३५ वटा हाइसमार्फत पर्यटकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

Tourist-Busखासगरि चुनावको समयमा निजी तथा सार्वजनिक यातायातका साधन नचल्ने हुँदा पर्यटकलाई यातायातको सुविधा उपलब्ध गराएको वोर्डका मिडिया कन्सलटेन्ट शरद प्रधानले जानकारी दिनुभयो । काठमाडौं उपत्यकाभरि पर्यटकलाई यातायातको सुविधा उपलब्ध गराउने उहाँको भनाई थियो । वोर्डले सञ्चालन गरेका बसहरुले एयरपोर्टबाट होटलसम्म र होटलबाट एयरपोर्टसम्म यातायातको सुविधा उपलब्ध गराउनेछन् ।

यो सुविधा प्राप्त गर्नका लागि वोर्डका मिडिया कन्सलटेन्ट शरद प्रधानलाई सम्पर्क गर्नुपर्ने हुन्छ । वोर्डको यो प्रयासले नेपाल भित्रिने र वाहिरिने पर्यटकहरुलाई सहज हुने प्रधानको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment