
कुनै समय बलिउड नायक रणवीर कपुर र नायिका दीपिका पादुकोण प्रेममा थिए । उनीहरुको प्रेमको विषयमा जो कोही पनि जानकार थिए । उनीहरुको प्रेम खुल्लम खुल्ला थियो । तर, पछि उनीहरु एक आपसमा छुट्टिए । उनीहरु छुट्नुमा नायिका कट्रिना कैफ भिलेन बनेकी थिइन् । कट्रिना रणवीरसँग आकर्षित भएपछि रणवीर र दीपिका बीच फाटो आएको थियो । पछि रणवीर र कट्रिना प्रेममा परे ।
अहिले भने दीपिकाले बिबाह गरिसकेकी छिन् । दीपिका र नायक रणवीर सिंहको जोडीलाई बलिउडको सुन्दर जोडीका रुपमा हेर्ने गरिन्छ । रणवीर कपुर पनि अभिनेत्री आलिया भट्टको प्रेममा रमाइरहेका छन् ।
यस्तैमा, दीपिकाले पूर्व प्रेमी रणवीरसँग अंकमाल र चुम्बन गर्दै गरेको तस्विर सार्वजनिक भएको छ । उक्त तस्विरबाट उनीहरु अहिले पुनस् साथी भएका छन् भन्ने प्रष्ट हुन्छ । एक कम्पनीको विज्ञापनमा सँगै काम गरेपछि रणवीर कपुर र दीपिका पुन नजिक भएका हुन् ।
प्रतिक्रिया 4