
‘दबंग ब्वाई’ सलमान उस्तै परे हातपात गर्न पछि पर्दैनन् । जब कुनै कारणवस रिसको पारो चढ्छ, उनले आफ्नो ‘दबंग’ शैली देखाइहाल्छन् ।
तर, यी सलमान मनकारी पनि छन् । थुप्रै युवायुवतीका भाग्य विधता हुन् सलमान, जसले तिनीहरुलाई बलिउडमा प्रवेश गराए । प्रवेश गराएनन् मात्र, करियरलाई उत्कर्षमा पुर्याइदिए । क्याटरिना कैफको कुरा गरौं वा सोनाक्षी सिन्हाको, सलमान सबैका गडफादर पनि हुन् ।
त्यसो त सलमान बेलाबखत अरुलाई सहयोग, सुझव पनि दिइहरेका हुन्छन् । करियरका लागि सपोर्ट गरिरहेका हुन्छन् । त्यती मात्र होइन, तन्नेरीहरुलाई कसरी सिक्स प्याक बनाउने भनेर टिप्स पनि दिइरहेका हुन्छन् ।
उनै सलमानले आफ्नो प्रोडक्सनमा बन्ने फिल्म ‘नोटबुक’बाट मोनीश बहलका छोरी प्रनूतनलाई बलिउडमा डेब्यु गराउँदैछन् । फिल्म २९ मार्चमा सार्वजनिक हुनेछ । यसै फिल्मको सन्दर्भमा कुरा गर्दै सलमानले भनेका छन्, प्रनुतनले उक्त फिल्मका लागि स्क्रीन टेस्ट दिएकी छिन् । उनी एकदमै मेहनती र फिल्ममा उत्कृष्ट देखिएका छन् ।
हालैमात्र अन्र्तवार्ताको क्रममा सलमान खानसँग सोधिएको थियो, ‘कुनै एक्टर आएर तपाईंसँग भन्यो कि ऊ तपाईंको फिल्म गर्न चाहन्छ, के उसलाई तपाईं अवसर दिनुहुन्छ ?’
यसमा दबंग खानले भने, ‘म उसलाई तब फिल्ममा अवसर दिनेछु, जब उनमा म क्षमता देख्नेछु । सबैजना थोडा शाहरुख खान, आमिर खान, अक्षय कुमार, रणवीर सिंह हुन्छ ?’
हो त, सलमानले शाहरुख, आमिर, अक्षयसँगै रणवीर सिंहको पनि नाम लिए । यसबाट के बुझिन्छ भने सलमानले अब रणवीरलाई पनि पत्याउन थाले । अर्थात उनी पनि सुपरस्टारको श्रेणीमा सामेल भए । सलमानको यो बुझाई रणवीर सिंहका लागि कुनै ठूलो उपाधी भन्दा कम होइन ।
अब लागौं, सलमानले बलिउडमा भाग्य बनाइदिएका कलाकर्मीको । क-कसलाई उनले बलिउडमा भित्र्याए त ?
प्रनूतन -जहीर इकबाल
फिल्म ‘नोटबुक’का साथ सलमान खानले यसपाली मोहनीश बहलकी छोरी प्रनुतनलाई लन्च गर्दैछन्. । साथै जहीर इकबाल पनि यस फिल्मबाट डेब्यु गर्दैछन् ।
आयुश शर्मा-वरीना हुसैन
सन् २०१८ मा सलमान खानले आफ्नो प्रोडक्सुन ब्यानरमा ‘लवयात्री’बाट आयुश शर्मालाई बलिउडमा इन्ट्री गराए । यस फिल्मको अपोजिटमा थिए, नव अभिनेत्री वरीना हुसैन । फिल्म भने सुपरफ्लप भयो ।
सूरोच पन्चोली-अथिया शेट्टी
फिल्म ‘हिरो’बाट सलमानले बलिउडमा दुई स्टार किड्सलाई प्रवेश गराए । सूरज पन्चोली र आथिया शेट्टीले यसमा डेब्यु गरेका हुन् । तर, फिल्म फ्लप भयो ।
डेजी शाह
‘दबंग’को गीतमा नृत्य गर्ने डेजी शाहले सायदै सोचेकी थिइन् कि उनी सलमान खानको हिरोइन बन्नेछिन् । यद्यपी उनलाई सलमान खानले फिल्ममा भित्र्याए । फिल्म ‘जय हो’ र ‘रेस-३’ मा डेजीलाई देख्न सकिन्छ ।
सोनाक्षी सिन्हा
सोनाक्षी सिन्हा अहिलेका चल्तापूर्जा अभिनेत्री हुन् । उनको हरेक फिल्म सुपरहिट भएको छ । उनै सोनाक्षीलाई पहिलो पटक बलिउडमा ल्याउने श्रेय भने सलमान खानलाई जान्छ । ९० किलो मोटी सोनाक्षीलाई ३० किलो तौल घटाउन लगाएर हिरोइन बनाएका हुन् सलमानले ।
स्नेहा उलाल
स्नेहा उलाललाई ऐश्वर्य राय जस्तै भनेर चर्चा गरियो । यद्यपी उनलाई सलमानले फिल्ममा नल्याएको भए सायदै उनी हिरोइन बन्ने थिइन् ।
जरीन खान
स्नेहा उलाल ऐश्वर्य जस्तै भनियो, जरीन खानलाई क्याटरिना कैफ जस्तै । फिल्म ‘वीर’बाट सलमानले उनलाई बलिउडमा डेब्यु गराएका हुन् ।
क्याटरिना कैफ
क्याटरिनाको करियरमा त सलमान खानको खास भूमिका छ । गर्लप|mेन्डको रुपमै सही सलमानले क्याटरिनाको भाग्य चम्काइदिए, बलिउडमा ।
प्रतिक्रिया 4