१६ साउन, काठमाडौं । नेपाली पब्जी टिम होरा इस्पोर्ट्स साउदी अरेबियामा जारी इस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपको ग्रान्ड फाइनलमा स्थान बनाएको छ ।
लिग चरणमा शीर्ष ८ मा नपरेपछि सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गरेको होरा सर्भाइभल स्टेजको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । सर्भाइभल स्टेजको शीर्ष ८ मा रहने टोली फाइनल स्टेजमा पुग्ने प्रावधान थियो ।
सर्भाइभल स्टेजमा होराले १२ खेलमा २ चिकेन डिनरसहित कुल १०८ अंक जोड्यो । योसँगै होराले २५ हजार डलर पनि जितेको छ । ग्रान्ड फाइनल जितेमा ५ लाख डलर पुरस्कार प्राप्त गर्नेछ ।
शुक्रबारदेखि आइतबारसम्म भएको लिग स्टेजको खेलमा होरा इस्पोर्ट्स समग्रमा १३औं भएपछि सिधै ग्राण्ड फाइनलमा पुग्न सकेको थिएन ।
लिग स्टेजमा १३औं भएको होराले उक्त पोजिसनको पनि २७ हजार ५०० डलर पुरस्कार प्राप्त गर्नेछ ।
अब फाइनल राउण्ड अगस्ट १ देखि ३ सम्म गरी कुल १८ खेल हुनेछ ।
प्रतिक्रिया 4