
News Summary
Generated by OK AI. Editorially reviewed.- नेक्स्ट मोडल्स नेपालले 'मिस्टर नेपाल २०२५' को खोजीका लागि विभिन्न स्थानमा छनोट चरणको अडिसन सम्पन्न गरिसकेको छ।
- डिजिटल अडिसन आगामी २ र ३ अगस्टमा स्वदेश र अमेरिकामा हुने आयोजकले जनाएको छ।
- प्रतियोगितामा १८ देखि ३२ वर्ष उमेरका ५ फिट ७ इन्चभन्दा माथि उचाई भएका नेपाली नागरिकले भाग लिन सक्नेछन्।
काठमाडौंँ । ‘मिस्टर नेपाल २०२५’को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले प्रतियोगिताका लागि इटहरी, जनकपुर, हेटौंडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगञ्ज, काठमाडौं लगायतका स्थानमा छनोट चरणको अडिसन सम्पन्न गरिसकेको छ ।
छनोट चरणमा सहभागी हुन चाहनेलाई अन्तिम अवसरस्वरुप डिजिटल अडिसन आगामी २ अगस्टमा स्वदेश र अन्तराष्ट्रिय अडिसन ३ अगस्टमा अमेरिकामा राखिएको छ ।
डिजिटल अडिसनपछि छानिएका प्रतियोगी आयोजकले सार्वजनिक गर्दै अन्तिम चरणको प्रतियोगिताको लागि अगस्ट ४ देखि विभिन्न प्रशिक्षणमा सहभागी गराउनेछ ।
यसपटक पनि नेक्स्ट मोडल्सले १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाले प्रतियोगितामा सहभागी जनाउन सक्ने प्रावधान राखेको छ । विश्वभर छरिएका ५ फिट ७ इन्च माथि उचाई भएका नेपाली नागरिकले प्रतियोगितामा सहभागी जनाउन सक्नेछन् ।
प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
प्रतियोगितामा ‘मिस्टर वर्ल्ड नेपाल’, ‘मिस्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वल्र्ड नेपाल’ गरेर तीन विजेता छानिनेछ । विजेताले ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिस्टर ग्लोवल २०२५’मा नेपालको प्रतिनिधित्वको मौकासहित ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् । कोरियोग्राफी तथा मेन्टरसिप प्रशान्त ताम्राकारले प्रदान गर्नेछन् ।
प्रतिक्रिया 4