
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई ठगी र विश्वासघातको आरोपमा पक्राउ गरी १४ साउनमा काठमाडौ जिल्ला अदालतको अनुमतिमा हाजिरी जमानीमा रिहा गरिएको छ।
- अग्रवालले एक व्यक्तिबाट करिब ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप छ र नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरिरहेको छ।
- उनले १५ वटा कारोबार व्यवस्थापन प्रणाली खातामार्फत सेयर मूल्य नियन्त्रण गरी ठगी गरेको र धितोपत्र ब्रोकरसँगको भुक्तानीमा अनियमितता गरेको उजुरी परेको छ।
१४ साउन, काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा प्रहरी हिरासतबाट रिहा भएका छन् । ठगी र विश्वासघातको अरोपमा पक्राउ परेको अग्रवाल बुधबार काठमाडौ जिल्ला अदालतको अनुमतिमा रिहा भएका हुन् ।
काठमाडौं प्रहरी परिसरले अग्रवाललाई ५ साउनमा टोखाबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई करिब १० दिनको हिरासतको अनुसन्धानपछि हाजीर जवानीमा रिहा गरेको हो । अनुसन्धान जारी भएको र आवश्यक परेको खण्डमा तुरुन्त उपस्थिति हुनु पर्ने गरी छुटेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।
उनी पक्राउ पर्नुमा पनि सेयरसम्बन्धी कारोबार हो । उनले एकै व्यक्तिबाट करिब साढे ६ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१० बस्दै आएका ६० वर्षीय दिनेशप्रसाद साह नाम गरेका व्यक्तिको ६ करोड ४५ लाख रुपैयाँ ठगी आरोपमा उनी पक्राउ परेको थिए ।
सेयर बजारमा धेरै लगानीकर्ताले ‘आदर्श’ मान्ने गरेका अग्रवालले आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जाल मार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पुर्याउने भन्दै झुट्टा अस्वासन दिने गर्थे । सेयर लगानीकर्ताले खरिद गर्न थालेपछि भने अग्रवाल आफ्नो सेयर बिक्री गर्थे ।
त्यसैगरी अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खाता चलाउने गर्थे । उनले ती खातामार्फत आफैं खरिद गर्ने र आफैंले बिक्री गरी सेयर मूल्य बढाउने काम गर्दै आएका थिए । सेयर मूल्य निश्चित तहमा पुर्याएपछि उनले सेयर बिक्री गर्थे ।
त्यसैगरी अन्य व्यक्तिका कारोबार खाता पनि आफैं चलाउने र धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने तर तिर्नुपर्ने पैसाका सन्दर्भमा अनेक लफडा गरेर भुक्तानी नदिने गरेका थिए । साथै, आफैंले एक कारोबार खाताको पैसा अर्को व्यक्तिकोमा ट्रान्सफर गर्ने समेतको काम गरेपछि धितोपत्र बोर्डमा उजुरी परेको थियो ।
प्रतिक्रिया 4