+

अन्तर्राष्ट्रिय स्तरको बन्यो राखेप कभर्डहल (तस्बिरहरू)

२०८२ साउन  १४ गते २०:४४ २०८२ साउन १४ गते २०:४४
अन्तर्राष्ट्रिय स्तरको बन्यो राखेप कभर्डहल (तस्बिरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषदको कभर्डहल पुनर्निर्माणपछि अन्तर्राष्ट्रिय स्तरको बनेको छ।
  • कभर्डहलमा एयर कन्डिसन, साउन्ड प्रुफ, भिआइपी कक्ष, रेस्ट रुम र स्तरीय सुविधा थपिएको छ।
  • पुनर्निर्माणपछि कभर्डहलमा कोर्ट र दर्शक सिटबीच स्टिल रेलिङ राखिएको छ र भिआइपी कक्षमा दुई भर्‍याङ बनाइएको छ।

१४ साउन, काठमाडौं । राजधानीको मुटुमा रहेको नेपाली खेलकुदको मुख्य केन्द्रको रुपमा रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलको स्तर फेरिएको छ ।
पुनर्निर्माणपछि राखेपको कभर्डहल अहिले अन्तर्राष्ट्रिय स्तरको बनेको छ ।

कमजोर पूर्वाधार भएकोले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्दा विभिन्न किसिमका समस्याहरू उत्पन्न भएपछि राखेपले नै आफ्नै हातामा रहेको बहुउद्देशिय कभर्डहल पुनर्निर्माण कार्य थालेको थियो ।

२०३५ सालमा राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव शरदचन्द्र शाहको पालामा निर्माण भएको उक्त कभर्डहलमा चार दशक भन्दा बढी समय नेपाली खेलकुदलाई धान्दै आएको थियो ।

विभिन्न समयमा विभिन्न खेलको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरू यस हलमा आयोजना भए । तर पछिल्लो समय पुनर्निर्माणको आवश्यकता महसुस गर्दै राखेपले काम थालेपछि अहिले यसको स्वरुप नै फेरिएको छ ।

कभर्डहल भित्र अहिले विभिन्न स्थानमा एसीको व्यवस्था गरिएको छ । पुनर्निर्माण पछि कभर्डहल साउन्ड प्रुफको बनेको छ । यस्तै एयर कन्डिसन जडान गरिएको छ । सिट क्षमता पनि केही बढाइएको छ । भिआइपी कक्ष, रेस्ट रुम, चेन्जिङ रुम, शौचालय, बिजुली लगायत स्तरिय बनाइएको छ ।

कभर्ड हलमा कोर्ट र दर्शक बस्ने सिटको बीचमा रहेको काठको रेलिङको सट्टा स्टिल राखिएको छ । भिआइपी कक्ष प्रवेश गर्नका लागि यसअघि एक भर्‍याङ रहेकोमा अहिले दुई भर्‍याङ बनाइएको छ ।

पुनर्निमार्ण गरिएको कभर्डहलमा शुक्रबार भलिबल खेलमार्फत यसको औपचारिक सुरुवात पनि गरिँदैछ । जहाँ नेपाली राष्ट्रिय टिमका खेलाडी देखि नेपाल भलिबल संघ र राखेपबीच पनि मैत्रीपूर्ण खेल आयोजना गर्ने तय छ ।

तस्वीरहरू

राखेप कभर्डहल
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय