Comments Add Comment

‘जनमत पार्टी’ को अध्यक्ष बने सिके राउत

स्वतन्त्र मधेस र जनमत संग्रहकाे मुद्दा परित्याग, पार्टी दर्ता गर्ने निर्णय

४ चैत, सिराहा । सिके राउतको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन भएको छ । सिराहामा सोमबार सम्पन राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।

लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्माण गरेको छ । पार्टीको अध्यक्षमा डा. सिके राउत रहेका छन् भने ३४ जना सदस्य छन् ।

बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भनेको छ । उसले स्वतन्त्र मधेसका साथै जनमत संग्रहकाे मागसमेत परित्याग गरेको छ ।

कोको परे केन्द्रीय समितिमा ?

राष्ट्रिय परिषद बैठकले सिके राउतको नेतृत्वमै ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ । केन्द्रीय समितिका सदस्यहरुमा सप्तरीका सुरेन्द्र शर्मा र वविता इसर रहेका छन् भने महोत्तरीका कैलाश महतो, संजय यादव र चन्दन सिंह छानिएका छन् ।

त्यसैगरी सिरहाका राजकुमार यादव र सतिला यादव पनि केन्द्रीय सदस्य बनेका छन् । बर्दियाका अब्दुल खान र झापाकी कौशिला महतो केन्द्रीय सदस्य बनेका छन् ।

त्यस्तै मोरंगका परमेश्वर मुर्मु, सुनसरीका सीताराम पण्डित, धनुषाका इन्द्रजीत यादव, सर्लाहीका नरेश कुसवाहा, रौतहटका बिरेन्द्र साह र बाराका दिनेश यादवलाई केन्द्रीय सदस्य बनाइएको छ ।

त्यसैगरी ३५ सदस्यीय केन्द्रीय कमिटीमा पर्साका सञ्जय साह, नवलपरासीका ध्रुब गौड र दुर्गा चौहान, रुपन्देहीका भोपेन्द्र यादव, कपिवस्तुका हरिकुला खान, दांगका राधा यादव, बाँकेका इरफान अहम शेख, कैलालीका महेन्द्रप्रसाद चौधरी र सुनसरीका आशा मेहता छन् ।

परिवर्तित पार्टीको झण्डामा क्रमशः रातो, सेतो र हरियो रंगको ठाडो धर्काको बीचमासेतो स्ट्रीपमा रातो रंगको अष्टदल राखिनेछ । उक्त पार्टीको चुनाव चिन्ह पनि अष्टदल नै राखिने निर्णय गरिएको छ । पार्टी दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिने निर्णय पनि गरिएको छ ।

सिके राउतको पार्टीले स्वतन्त्र मधेसको नारा र नाममात्रै होइन, यसअघि उठाउँदै आएको जनमत संग्रहको माग पनि छाडेको छ । बैठकको निर्णयमा कहीँ पनि जनमत संग्रहको माग उठाइएको छैन

जनमत पार्टीको गठनसँगै जनमत जुटाउन जनतासमक्ष जाने र जनमतबाटै संवैधानिकै रुपमा जनताको समस्या, माग, हकहित र अधिकारका लागि अनवरत समर्पित र निःस्वार्थ भावले संघर्ष गर्ने प्रतिवद्धता बैठकले गरेको पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले विज्ञप्ति मार्फत जनाएका छन् ।

सिरहाको लहानस्थित मारबाडी सेवा सदनमा आइतबारदेखि शुरु भएको बैठकमा कार्यकर्तालाई मोवाइल बोक्न निषेध गरिएको थियो । बैठक अवधिभर खाने, बस्ने व्यवस्था सेवासदनभित्रै गरिएको थियो ।

यो पनि पढ्नुहोस् : पञ्चकन्याबाट राष्ट्रिय गान गाउँदै सिके राउतको बैठक सुरु, नागरिकता अनिवार्य !

बैठकले कार्यकर्तालाई नागरिकता बोक्न लगाइएका कारण पार्टी दर्ताका निम्ति रहेको ती पार्टीका कार्यकर्ताहरुले बताएका छन् ।

के-के भए निर्णय ?

सिके राउतको पार्टीले स्वतन्त्र मधेसको नारा र नाममात्रै होइन, यसअघि उठाउँदै आएको जनमत संग्रहको माग पनि छाडेको छ । बैठकको निर्णयमा कहीँ पनि जनमत संग्रहको माग उठाइएको छैन ।

पार्टीको निर्णय हेर्दाखेरि अब स्वतन्त्र मधेस गठबन्धनसँगै पृथकतावादी मागको औपचारिकरुपमा पटाक्षेप भएको छ ।

बैठकले जनताको हक र अधिकारका लागि संघर्ष गर्न भन्दै नेपालको संविधानभित्रै रहेर पार्टी स्थापना गरी अघि बढ्ने निर्णय गरेको छ  ।

स्वतन्त्र मधेस गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै  गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अबिलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णय गर्दै चन्दन सिंहको संयोजकत्वमा तीन सदस्यीय सहमति कार्यान्वयन मिति बनाइएको सो पार्टीले जनाएको छ ।

प्रहरी हिरासतमा मारिएका बाँकेका जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमतिअनुसार क्षतिपूर्ती तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउन पहल गर्न समितिलाई नै जिम्मेबारी दिइएको छ ।

यो पनि पढ्नुहोस् : सिके राउतको वास्तविक चरित्र देखियो !

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment