९ मंसिर, काठमाडौं । दिनभर व्यस्त राजधानीको आकाशमा बुधबार साँझ चन्द्रमा उदाउँदा सुनौलो प्रकाश फैलियो ।
पूर्णिमाको दोस्रो दिन झण्डै पूर्ण आकारको चन्द्रमा उदाउँदा राजधानीको वातावरणमा पूर्णिमाको दिन जत्तिकै ज्योति पोख्खिएको थियो ।
ठिक त्यही बेला काठमाडौंको सीतापाइलाबाट माथि हेर्दा स्वयम्भूनाथको मुख्य स्तुपासँग चन्द्रमाले लुकामारी गरिरहेको दृश्य देखियो । टाढाबाट हेर्दा बत्तीको उज्यालो र चन्द्रमाले छरेको जुनेली प्रकाशसँग स्वयम्भू मस्त नुहाइरहेको थियो ।
त्यही क्षण अनलाइनखबरको क्यामरामा धमाधम तस्वीरहरू कैद गर्यौं । क्यामरामा कैद नौ तस्वीरमा स्वयम्भूसँग चन्द्रमाको मनमोहक लुकामारी देखिन्छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4