+
+

‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर १० गते १६:४२

शुक्रबारबाट काठमाण्डौको सर्वनाम थिएटरमा सुरु भएको तेश्रो अन्तरराष्ट्रिय लोक संगीत फिल्म महोत्सवमा नेपाली चलचित्र ‘राहादानी’को मारुनी गीत पनि प्रदर्शन गरिएको छ । आइतबार सम्पन्न यो महोत्सवमा विभिन्न देशमा ३२ चलचित्र, बृत्तचित्र एवं म्यूजिक भिडियो पनि प्रदर्शन गरिएको थियो ।maruni-geet-in-rahadani‘नेपाली चलचित्रमा मौलिक लोकसंगीत एवं नृत्यले स्थान पाउन छाडेको बेला चलचित्र ‘राहदानी’मा मारुनी पूर्वेली मौलिक लोक नृत्य भाका समेटिएको रहेछ । सोही कारण यो गीति दृष्यलाई महोत्सबमा चयनसँगै प्रदर्शन गरिएको हो ।’

महोत्सबका अध्यक्ष रामप्रसाद कँडेलले भने । लक्ष्मीप्रसाद ढकालको प्रस्तुति रहेको चलचित्र ‘राहदानी’को मारुनी गीतको रिलिज कात्तिक १४ गते गरिएको थियो ।

डा. गोबिन्द कुसुमले लेखेको ‘साउनको ठूलो झरी’बोलको यो मारुनीमा बसन्त सापकोटाको संगीत छ । निशा देशारको स्वरमा रहेको यो मारुनीको नृत्य निर्देशन राजु शाहले गरेका हुन् । चलचित्र ‘राहदानी’को प्रदर्शन चैत्र २८ गते निर्माणपक्षको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?