+
+

जिल्ला न्यायाधीशविरुद्ध न्यायपरिषदमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १३ गते १५:०९

१३ साउन, खोटाङ । आर्थिक लेनदेनमा गम्भीर प्रकृतिको मुद्दा मिलाएको भन्दै जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमविरुद्ध न्यायपरिषदमा उजुरी परेको छ ।

गौतमले विभिन्न मुद्दामा पैसा खाएर न्यायालय दुरुपयोग गरेको भन्दै न्यायपरिषद्को कार्यालय रामशाहपथमा उजुरी परेको हो । स्रोतका अनुसार न्यायाधीश गौतमले पृथ्वी उच्च मावि बाक्सिलाको जग्गा किनबेच र बाकाचोल-६ का भक्तकुमार राईले स्थानीय एक किशोरीमाथि बलात्कार गरेको घटनामा पैसा खाएर तारेखमा छाडेको उजुरीमा उल्लिखित छ । राईले स्थानीय एक किशोरीलाई २०७० भदौ २७, २९ र ३१ गते लगातार बलात्कार गरेको भन्दै जेठ-६ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

उनलाई ४५ हजार रुपैयाँ धरौटी लिएर साधारण तारेखमा गत जेठ २१ छाडिएपछि उजुरी हालिएको स्रोतले बताएको छ । उनले विद्यालयबाट फर्किएर घाँस काट्न गएको समयमा अमि्रसो घारीमा लगेर बलात्कार गरेको पीडित किशोरीको भनाइ छ ।

त्यस्तै, गाविस सचिव, मालपोत कर्मचारी र विद्यालयकै शिक्षकको संलग्नतामा विद्यालयको जग्गा अर्कैको नाममा दर्ता गराएर किनबेच गरिएको भन्दै २०६९ फागुन ३० गते अदालतमा दायर भएको मुद्दा असार १९ गते जिल्ला न्यायाधीश गौतमको एकल इजलाशले वादीको दाबी नपुगेको ठहरसहित लिखत बदर गरेकामा समेत न्यायपरिषद्मा उजुरी परेको छ ।

जिल्ला अदालतका स्रेस्तेदार भीष्म भट्टराईका अनुसार पृथ्वी उच्च मावि बाक्सिलाको जग्गा किनबेच मुद्दाअन्तर्गत लिखत बदरमा १५ र जालसाजीका एक गरी १६ जनाको मुद्दा किनारा लागेको थियो । विद्यालयका प्रधानाध्यापक जानुका राईका अनुसार गाविस सचिव होमनाथ खनालको सिफारिशमा सुङ्देल-४ की ध्यानसरी राई र बाक्सिला-७ की पञ्चऋषि राईको नाममा छुट्टाछुट्टै दर्ता गराएर बिक्रीसमेत गरिएकाले अदालतमा मुद्दा दायर गरिएको थियो ।

गाविस सचिव खनालले २०६५ साल असार ४ गते पञ्चऋषिलाई र २०६६ असार ३ गते ध्यानसरी राईलाई आफ्नो नाममा विद्यालयको जग्गा दर्ता गराउन सिफारिश गरेका थिए । जग्गा दर्ताका लागि विद्यालयकै शिक्षक छत्रकुमार राई र रणबहादुर राईले सर्जमिन मुचुल्कामा हस्ताक्षर गरेका छन् । सोही सिफारिशका आधारमा २०६८ असार १० गते मालपोत अधिकृत युवराज आचार्यको निर्णय नं ३७/४०/२०६८ को आधारमा कित्ता नं ४३४ को दुई रोपनी तीन आना तीन पैसा दुई दाममध्ये एक रोपनी ११ आना एक पैसा एक दाम क्षेत्रफल जग्गा २०६८ असार १० गते ध्यानसरी राईको नाममा दर्ता गरिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?