१३ साउन, काठमाडौं । प्रमुख तीन दलले भारतसँग उर्जा व्यापार सम्झौता (पीटीए)का लागि सहमति जुटाउन कार्यदल गठन गरेको छ ।
कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा पीटीए गर्ने लक्ष्यसहित सहमति जुटाउन तीन नेता रहेको समिति गठन गरेको हो । समितिमा कांग्रेसको तर्फबाट अर्थमन्त्री रामशरण महत, एमालेका उपाध्यक्ष भीम रावल र एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश रहेका छन् ।
समितिले सम्वन्धित मन्त्रालयका पदाधिकारी र विज्ञहरुसँग छलफल गरी राजनीतिक सहमति जुटाउेन नेताहरुले बताएका छन् । ‘दलहरुबीच सहमति जुटाएर मोदीकै भ्रमणको बेला पीटीए गर्न दलहरु सहमत छन्’ कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भनेे ।
बैठकमा उर्जामन्त्री राधा ज्ञवालीले भारतको प्रस्ताव र मन्त्रालयले गरेको तयारीबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरेकी थिइन् । भारतले सम्पूर्ण जलसम्पदामाथि नै एकाधिकार कायम गर्ने गरी मस्यौदा प्रस्ताव गरेको भन्दै नेपालमा चर्को विरोध भएको छ ।
प्रतिक्रिया 4