१४ साउन काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको तलब सबैभन्दा उच्च दरले बढेको देखिएको छ । राष्ट्र बैंकले सन २००४-०५ लार्इ अाधार वर्ष मानेर गत जेठ महिनासम्मको कर्मचारीहरुको तलब तथा ज्याला वृद्धिको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलब ४७.७ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रमा कार्यरत मजदूरको ज्याला ८.४ प्रतिशतले मात्रै बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा कामदारको आकर्षण बढ्नु र कृषि मजदूरमा आकर्षण घट्नुको मूख्य कारण पनि तलब तथा ज्यालामा भएको वृद्धि नै हो । अत्यन्तै न्यून मात्रै ज्याल बढ्ने गरेकाले मुलुकमा कृषि क्षेत्रमा काम गर्ने मजदुरको चरम अभाव छ ।
बैंक तथा वित्तीय संस्थापछि सेना र प्रहरीको तलब तथा भत्ता धेरैले बढेको छ । सेना प्रहरीको ३४.५ प्रतिशतले बढेको हो । तलव वृद्धिको तेस्रो स्थानमा निजामती कर्मचारी रहेका छन् । निजामति कर्मचारीको तलब तथा भत्ता ३१.३ प्रतिशतले बढेको छ ।
त्यसैगरी शिक्षकको ३०.५ प्रतिशतले, सार्वजानिक संस्थानको २८ प्रतिशतले औद्योगिक मजदुरको २३.३ प्रतिशतले, निर्माण मजदुरको ९.५ प्रतिशतले बढेको छ ।
कुन क्षेत्रका कर्मचारीको तलब कति बढ्यो (प्रतिशतमा)
बैंक तथा वित्तीय संस्था | ४७.७ |
सेना र प्रहरी | ३४.५ |
निजामती कर्मचारी | ३१.३ |
शिक्षक | ३०.५ |
सार्वजानिक संस्थान | २८.० |
औद्योगिक मजदूर | २३.३ |
निर्माण मजदूर | ९.५ |
कृषि मजदुर | ८.४ |
प्रतिक्रिया 4