+
+

कलंकीबाट लुटिएको सुन प्रहरी जवानको घरमा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १४ गते ११:२९

१४ साउन, काठमाडौं । काठमाडौंको कलंकीबाट लुटपाट भएको सुन प्रहरी जवानको घरबाट बरामद भएको छ । सुन लुटपाटको आरोपमा महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी जवान भागिराम थारु पक्राउ परेका हुन् ।

भुजेलसहित राजकुमार भुजेल र आशिष भन्ने बैकुण्ठ थापालार्इ नियन्त्रणमा लिई महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले थप अनुसन्धान थालेको हो । आफुलाई प्रहरी बताउने केही व्यक्तिहरूको समूहले काठमाण्डौको कलंकीबाट दुई जनालाई नियन्त्रणमा लिई साथमा रहेको सुन लुटेको र र उक्त सुन अवैधरूपमा ओसार-पसार भएको हुन सक्ने भन्दै अख्तियारले थारूलार्इ हनुमानढोका पठाएको थियो ।

अख्तियारको सक्रियतामा प्रहरीले छानविन गर्दा प्रहरी जवान थारूको कपिलवस्तुस्थित घरमा लुकाई-छिपाई राखेको अवस्थामा लुटिएको १ किलो सुन बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?