+
+

एनआरएनए फ्रान्सद्वारा राजदूत श्रेष्ठको विदार्इ

पेरिस । एनआरएनए फ्रान्सले अफ्नो कार्यकाल पूरा गरी नेपाल फर्कन लागेका फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठलार्इ एक कार्यक्रमवीच विदार्इ गरेको छ । एन.आर. एन. ए. फ्रान्सले शुक्रबार साँझ पेरिसस्थित नेपाली पहिलो रेष्टुरेन्ट सगरमाथामा एक बिदाई तथा रात्रीभोज कार्यक्रम सम्पन्न गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २१ गते ११:२२

भक्त वाग्ले

पेरिस । एनआरएनए फ्रान्सले अफ्नो कार्यकाल पूरा गरी नेपाल फर्कन लागेका फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठलार्इ एक कार्यक्रमवीच विदार्इ गरेको छ ।
एन.आर. एन. ए. फ्रान्सले शुक्रबार साँझ पेरिसस्थित नेपाली पहिलो रेष्टुरेन्ट सगरमाथामा एक बिदाई तथा रात्रीभोज कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा एक राष्ट्रको प्रतिनिधिको हैसियतले, नेपाल र फ्रान्स तथा अन्य यूरोपेली मुलुकहरुबीच, कुटनीतिक सम्बन्ध कायम गराई, नेपालमा पनि विभिन्न क्षेत्रहरुमा लगानी गर्ने वातावरण सृजना भई सकेको कुरालाई महत्व दिने कार्यक्रमको आयोजना गरेकोमा र शान्तिका दुत भगवान गौतम बुद्धकोजन्म नेपालमा नै भएको हो भन्ने जानकारीबोध, संसारमा फैलाउने अभिप्रायले, फ्रान्सस्थित पेरिसमा रहेको युनेस्कोको कार्यलयमा भगवान बुद्धको मुर्ति प्रतिस्थापन गर्ने महान कार्यको थालनी समेत गर्नुभएकोले उहाँ सहित उहाँकी धर्मपत्नी श्रीमती सजना श्रेष्ठलाई फूलको गुच्छाले सम्मान गरी फ्रान्समा रहेका सम्पूर्ण नेपालीहरुको मायाको चिनारी स्वरूप एक ” मायाको चिनो ” प्रदान गरिएको थियो।

बिदाई समाहरोहमा महामहिम राजदूतले गरेको विभिन्न रचनात्मक कार्यक्रमहरुको चर्चा गर्दै एन. आर.एन. ए. फ्रान्सका आईसीसीका सदस्य मिनबहादुर जिसी, सल्लाहकार हरि सापकोटा र संरक्षक हरिहर अर्यालले उहाँको कार्यकाल, नेपाल राष्ट्रको विकाशमा समर्पित हुने खालको एक सफल कार्यकाल रहेको कुराको उल्लेख गर्नुभएको थियो। त्यसरी नै नेपाली राजदूताबासका उपनियोग प्रमुख रामबाबु ढकालले महामहिमको कार्यकालमा थालनी भएका अधुरा कामहरु पुरा गर्दै भावी राजदूतको आगमन नहुन्जेलसम्म आफु पनि नेपाल राष्ट्र रनेपालीहरुको हक-हितमा समर्पित हुने कुरामा जोड दिनु भएको थियो।

संघको नि-वर्तमान अध्यक्ष तथा पदाधिकारीहरु, सल्लाहकार समितिका सदस्यहरु र वर्तमान कार्यसमितिका सदस्यहरुसहित फ्रान्सवासी नेपाली बुद्धिजीवीहरुको उपस्थिति रहेको यस कार्यक्रमको अन्तमा एन.आर. एन. ए. फ्रान्सका अध्यक्ष घनश्याम पौडेलले विभिन्न असजिला समयको वावजुद्ध जस्तै, लामो समयदेखि राजदूत विहिन रहेको अवस्था, अस्थिर नेपाली राष्ट्रिय राजनैतिक गतिविधि, सिमित श्रोतसाधन तथा अधिकतम कामका चापहरुको वावजुद्ध पनि महामहिम राजदूतले एक सफल कार्य सम्पादन गर्नुभएको कुराको चर्चा गर्नु हुँदै उपस्थित सम्पूर्णमहानुभावहरुलाई तयार पारिएका स्वादिष्ट भोजन ग्रहण गर्नुहुन अनुरोध गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?