आफुले गरिरहेको जागिर आफ्नै मुटुका लागि खतरनाक छ छैन ? भन्ने कुरा जान्न चाहनुहुन्छ ? विज्ञहरुका अनुसार सेवा क्षेत्रमा काम गर्ने, शारीरिक श्रम गर्ने निलपोषी जागिरे तथा बेरोजगार मानिसहरु मुटुरोग तथा हृदयाघात लगायतको उच्च जोखिममा हुन्छन् ।
होलसेल व्यापारको क्षेत्रमा काम गर्ने मानिसहरु मुटुरोगको उच्च जोखिममा रहने अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड पि्रभेन्सनको पछिल्लो अध्ययनले देखाएको छ । जस अनुसार होलसेल व्यापारको क्षेत्रमा काम गर्ने सयमा झण्डै ३ जना मानिसहरुमा मुटुको रोग पाइएको छ ।
वित्त तथा विमा क्षेत्रमा काम गर्ने मानिसहरुमा भने मुटुरोगको दर सबैभन्दा कम अर्थात् ०.८ प्रतिशत पाइएको छ । त्यस्तै सूचना तथा संचार क्षेत्रमा क्रियाशील मानिसहरुमा पनि मुटुरोगको जोखिम कम पाइएको छ । शिक्षा क्षेत्रका जागिरे पनि कम जोखिम भएका मानिसमा पर्छन् ।
शोधकर्ताहरुले होलसेल व्यापार पछि सार्वजनिक प्रशासनको क्षेत्रमा काम गर्ने मानिसहरु जोखिमको दोश्रो स्थानमा रहेको बताएका छन् । त्यस्तै फोहोर व्यवस्थापन तथा प्रकोप रोकथामजन्य सेवा, यातायात क्षेत्र र निर्माण क्षेत्रमा काम गर्ने मानिसमा पनि मुटुरोगको उच्च जोखिम पाइएको छ ।
कार्यस्थलको होहल्ला, कार्यजन्य तनाव, अरुले गर्ने धूमपानको असर तथा विभिन्न सिफ्ट सम्हालेर काम गर्ने लगायतका प्रक्रिया मुटुरोगका लागि जिम्मेवार हुने अध्ययनले देखाएको छ ।
यो शोधका क्रममा शोधकर्ताहरुले सन् २००८ देखि २०१२ सम्म अमेरिकाको राष्ट्रिय स्वास्थ्य सर्भेका तथ्यांकहरु लिएर ५५ वर्षभन्दा कम उमेरका मानिसमा मुटु रोगको प्रकोप तथा उनीहरुले गर्ने कामको बारेमा विश्लेषण गरेका थिए ।
जागिर असुरक्षा तनावको मुख्य कारण हुने र त्यसले मुटु तथा नशा सम्बन्धि रोग सिर्जना गर्ने शोधकर्ताहरु बताउँछन् । त्यस्तै सिफ्ट परिवर्तन गरि गरि काम गर्ने तथा बढी बोझ लिने लगायतका विषय पनि मुटुरोगका लागि जिम्मेवार छन् ।
बेरोजगार मानिस मध्ये जागिर खोजिरहेका २.५ प्रतिशत मानिस मुटु रोगबाट पीडित रहेको र जागिर गर्ने उमेर कटेकामध्ये ६.३ प्रतिशतमा मुटुको रोग रहेको पाइएको छ ।
सरकारी जागिरे र होलसेल व्यापारीमा मुटुरोगको जोखिम उच्च, पत्रकार सुरक्षित

भर्खरै
पुराना
लोकप्रिय
Advertisment
प्रतिक्रिया 4