+
+

चरी मारिदा शोकमा परिन् चर्चित मोडल (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २२ गते ८:४६

khusbu-oli-1गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ बुधबार प्रहरी मुठभेडमा मारिंदा एक चर्चित मोडल शोकमा परेकी छिन् ।

सन् २००६ की मिस टीन नेपाल खुश्वु ओली केही बर्षदेखि दिनेश अधिकारीसँग अफयेरमा थिइन् । प्रहरीले ओलीको घरबाटै चरीले चढ्ने गाडीसमेत बरामद गरेको थियो ।

बुधबार साँझ चरीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याउँदा यी मोडल शोकमग्न र आक्रोशित मुद्रामा थिइन् ।

‘उसलाई पुलिसले योजनाबद्धरुपमा मारेको हो’ ओलीले मिडियासामु भनिन् – ६ महिनादेखि नै उसलाई मार्न लागिरहेको थियो ।’

अर्पण कोइराला नामक ब्यक्तिले अाफुलार्इ पछ्ययाएको तर आफुले मतलव नगरेपछि चरीलाई निशाना बनाइएको उनको दावी थियो । दिनेश र आफ्नो सम्बन्धका कारण अर्पणले नै पुलिसले पटकपटक दुःख दिएको उनको भनाई थियो । उनले दिनेशसँग आफ्नो ‘पारिवारिक’ सम्बन्ध रहेको बताइन् ।

तपाईसँग आज भेट भएको थियो ? संचारकर्मीको प्रश्नमा खुश्वुले भनिन्- आज भेट भएको थिएन् ।’

सन् २००५ मा पहिलो मिस टीन नेपाल भएकी थिइन् पि्रयंका कार्की जो अहिले नेपाली सिने जगतकी चर्चित नायिका हुन् । सन् २००६ मा उपाधि जितेकी ओली केही बिज्ञापनमा अभिनय गरेपनि सिनेमा क्षेत्रमा आइनन् ।
हाल उनी ह्युमन वेलफेयर ग्रुपमार्फत् समाजसेवामा पनि सक्रिय छिन ।

सूत्रका अनुसार अपर्प कोइराला खुश्वुका पूर्व प्रेमी हुन् ।

शिक्षण अस्पतालमा संचारकर्मीसँग कुरा गर्दै खुश्वु ।
शिक्षण अस्पतालमा संचारकर्मीसँग कुरा गर्दै खुश्वु ।

हेर्नुहोस भिडियो- के भनिन् शुख्वुले शिक्षण अस्पतालमा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?