+

आरिफका भाइ आशिफ यू-१६ टोलीको उपकप्तान

२०७१ साउन  २३ गते १८:०० २०७१ साउन २३ गते १८:००
आरिफका भाइ आशिफ यू-१६ टोलीको उपकप्तान

२३ साउन, काठमाडौं । एसीसी यू-१६ प्रिमियर क्रिकेटका लागि सुमित महर्जनको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट १४ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा आशिफ शेख छन् । उनी राष्ट्रिय टोलीका सदस्य आरिफ शेखका भाइ समेत हुन् ।

टोलीमा प्रनित थापा, सुशान्त सिंह थापा, पवन शरार्फ , जितेन्द्र सिंह ठकुरी, रविन्द्र शाही, रवि कुमार शाह र रवि चन्द छन् । यस्तै आशिष पोखरेल, विजय चौधरी, अनिल खरेल, रिजन ढकालर रोशन अधिकारी पनि टोलीमा परेका छन् ।

वसन्त शाही मुख्य प्रशिक्षक छन् भने राजु बस्न्यात सहायक प्रशिक्षक छन् । रन्जित तामाङलाई टिम म्यानेजर तोकिएको छ ।

अगष्ट १४ बाट मलेसियामा हुने एसीसी यू-१६ पि्रमियर क्रिकेट खेल्न जाने नेपाली टोलीलाई साउन २६ गते विदाइ गरिनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय