+

मार्सल आर्ट्स गेम्स महासंघमा सुदीप अध्यक्ष र रूपसिं महासचिवमा सर्वसम्मत

२०८१ जेठ  १२ गते १७:०८ २०८१ जेठ १२ गते १७:०८
मार्सल आर्ट्स गेम्स महासंघमा सुदीप अध्यक्ष र रूपसिं महासचिवमा सर्वसम्मत

१२ जेठ, काठमाडौं । नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासंघ (एनएमजीसी) को तेस्रो महाधिवेशनले १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरेको छ ।

चावहिलमा सम्पन्न महाधिवेशनले अध्यक्षमा सुदीप पण्डित क्षेत्री र महासचिवमा रूपसिं तामाङसहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

महाधिवेशनमा २३ राष्ट्रिय संघहरूको सहभागिता रहेको थियो । यही संघहरूको छाता संगठन नै एनएमजिसी हो । महाधिवेसनले वरिष्ठ उपाध्यक्षमा लालबहादुर जिसी, उपाध्यक्षत्रयमा अञ्जु रावत, उपाध्यक्षमा एनिप महर्जन र केशव डङ्गोललाई निर्विरोध चयन गरेको छ ।

सचिवमा कृष्णगोपाल राजथला र कोषाध्यक्षमा तुलसी थापामगर सर्वसम्मत चयन भए ।

सदस्यहरूमा कृष्णबहादुर रावत, जनकराज गौतम, सानुकान्छा श्रेष्ठ, कमल मगर र सीताराम दराई चयन भए ।

सोही निर्वाचित कार्यसमितिको पहिलो बैठकले तीन पदाधिकारीसहित १० जना मनोनित पनि गरेको छ । उपाध्यक्षमा होमबहादुर सुनुवार, राजेन्द्र लामा र सचिवमा आशिष कार्की मनोनित भए ।

सदस्यमा तेजबहादुर सिंह, सपूत मोक्तान, धनराज तामाङ, बाबुराम तामाङ, सुशान पुन, नहकुल राई र राजन पन्थ मनोनित भएका छन् । यससँगै कार्यसमिति २३ सदस्यीय बनेको छ ।

खेलकुद नेपाल राष्ट्रिय मार्सल आर्टस् गेम्स महासंघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय