५ भदौं, काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
त्रिशुली नदीमा भएको ट्रक दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । चालकसहित ८ जना घाइते भएका छन् । मृतकको परिचय खुल्न सकेको छैन भने घाइतेहरुको मेघा अस्पताल धोवीघाटमा उपचार भईरहेको छ ।
काठमाण्डौबाट बिरगंज तर्फ जादै गरेको ना १ ख ८१८२ नम्बरको ट्रक गए राती साढे १० बजे अनियन्त्रीत भई त्रिशुली नदिमा खसेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु
सुनसरीको दुहबीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । २० वर्षका मृत्तक स्कुटर चालककोसनाखत हुन सकेको छैन् । बुधबार साढे ८ बजे कोशी राजमार्गमा को १ त ५१११ नम्बरको ट्याक्टरले को १२ प ९०९८ नम्बरको स्कुटरलाई ठक्कर दिंदा उक्त दुर्घटना भएको हो । दुवै सवारी साधन र ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यालय इनरुवाले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4