+
+

मंसिर ५ मा राजाको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ६ गते ११:०९

shree-5-ambareनामकै कारण चर्चामा रहेको चलचित्र ‘श्री ५ अम्बरे’को प्रदर्शन मिति तय भएको छ । दीपा बस्नेतको निर्देशनमा तयार भएको यो सिनेमा मंसिर ५ गते सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

चलचित्रको फष्ट लुक सार्वजनिक गरिएको छ । जसमा अभिनेता सौगात मल्ल श्रीपेच पहिरिएर गद्दीमा बसेका छन् । फष्टलुक सार्वजनिक भएसँगै सिनेमाको बारेमा कौतुहलता पनि सुरु भएको छ ।

चलचित्रमा सौगातका अलवा पि्रयंका कार्की, केकी अधिकारी, श्रृजना अधिकारी, विक्रम सिंह लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको पोष्टरको टिजर पनि सार्वजनिक गरिएको छ । नेपाली सिनेमामा पनि पोष्टरको टिजर सार्वजनिक गर्ने क्रम बढ्न थालेको छ ।

चलचित्रले समाजमा लुकेर रहेको राजा प्रवृत्तीको कथा भन्छ । चलचित्रलाई टीएन आचार्य र दीपक आचार्यले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?