
७ भदौ, काठमाडौं । माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीले राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा माओवादी अध्यक्ष प्रचण्डले उद्घाटन गर्नेछन् । १४ गतेसम्म चल्ने सम्मेलनमा २ हजार ३ सय २३ प्रतिनिधि सहभागी हुने छन् ।
७५ जिल्ला, ४५० पालिका र ५०० बढी क्याम्पसमा सम्मेलन सम्पन्न भइसकेको र अहिलेसम्म तीन लाख सदस्यता वितरण गरिएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।
उनका अनुसार सम्मेलनले सहमतिबाट नभई प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4