नायिका करिश्मा मानन्धर लगायतका विभिन्न क्षेत्रमा सक्रिय महिलाहरु सम्मानित भएका छन् । लायन्स क्लब अफ काठमाण्डौ डायमण्डको आयोजनामा आज काठमाण्डौमा उनीहरुलाई सम्मानित गरिएको हो ।
वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाले उनीहरुलाई सम्मानित गरेका हुन् । सम्मानित हुनेमा नायिका करिश्मा मानन्धर, गायिका देविका बन्दना, तेक्वान्दो खेलाडी संगीना वैद, संचारकर्मी अनिता बिन्दू, शिक्षाविद् दीपिका रिमाल थापा, सौन्दर्यविद् रुवी राणा, साहित्यकार मोमिला जोशी, समाजसेवी दुर्गा घिमिरे, स्वाथ्यसेवी डाक्टर चन्दा कार्की छन् ।
नेपाली सिने नगरीमा पुर्याएको योगदानको कदर गर्दै करिश्मालाई सम्मान गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4