+

हिम्स पौडीमा लिङ्कन च्याम्पियन

२०७१ भदौ  ८ गते १८:२२ २०७१ भदौ ८ गते १८:२२
हिम्स पौडीमा लिङ्कन च्याम्पियन

८ भदौ, काठमाडौं । लिङ्कनले सातौं हिम्स अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि आइतबार जितेको छ । कूल १ सय ११ अंक जोड्दै लिङ्कनले उपाधि रक्षा गर्‍यो ।

नारायाणटारको जोरपाटीस्थि हिम्स स्कुलद्वारा आयोजित प्रतियोगितामा ५६ अंकसाथ जोन डेवे स्कुल दोश्रो भयो । ५३ अंकसाथ लिटिल एन्जल्स स्कुलले तेश्रो स्थानमा चित्त बुझायो ।

प्रतियोगिताको अन्तिम दिन गल्र्सको १ सय मिटर व्यक्तिगत मिड्लेमा लिङ्कनकी इस्क्रा अलिकाल्फिकले निर्धारित दूरी १ मिनेट २५.४७ सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । ९-१० वर्षको २५ मिटर ब्याकस्ट्रोकको ब्वाइजमा जोन डेवे स्कुलका नासिर याहा हुसैन (२०.९० सेकेन्ड) र गल्र्समा मेरिडियन इन्टरनेसनलकी सिमरन मानन्धर (२२.४७ सेकेन्ड), ११-१२ वर्षको ५० मिटर ब्याकस्ट्रोकको ब्वाइजमा दिक्षान्त एकेडेमीका प्रशान्त राई (४२.३५ सेकेन्ड) र गल्र्समा जोन डेवेकी तेन्जिङ डोल्मा शेर्पा (४७.७६ सेकेन्ड), १३-१४ वर्षको ५० मिटर ब्याकस्ट्रोकको ब्वाइजमा लिङ्कनका गालेन केली (३७.६५ सेकेन्ड) र गल्र्समा लिङ्कनकी निहारिका तुलाधर -४०.५६ सेकेन्ड), १५-१७ वर्षको ५० मिटर ब्याकस्ट्रोकको ब्वाइजमा होली गार्डेनका नितेश मानन्धर (३६.१३ सेकेन्ड) र गल्र्समा लिङ्कनकी इस्क्रा (४१.८२ सेकेन्ड) तथा ८ वर्षमुनि २५ मिटर फ्रि स्टायलको ब्वाइजमा सेन्ट जेभियरका किस्मत श्रेष्ठ (२२.३५ सेकेन्ड) र गल्र्समा भीएस एन्जल्सकी अनुसिया तन्डुकार (२२.५९ सेकन्ड) पहिलो भए ।
त्यस्तै ९-१० वर्षको २५ मिटर फ्रि स्टायलको ब्वाइजमा जोन डेवेका नासिर (१७.२५ सेकेन्ड) र गल्र्समा जोन डेवकै दुआना लामा -१८.३८ सेकेन्ड), ११-१२ वर्षको ५० मिटर फ्रिस्टायलको ब्वाइजमा एलएका रोशन पुन (३१.०९ सेकेन्ड) र गल्र्समा जोन डेवेकी तेन्जिङ डोल्मा शेर्पा (३७.८८ सेकेन्ड), १३-१४ वर्षको ५० मिटर, फ्रिस्टायलको ब्वाइजमा लिङ्कनका गालेन केली (३१.०६ सेकेन्ड) र गल्र्समा लिङ्कनकी निहारिका तुलाधर (३५.५९ सेकेन्ड) तथा १५-१७ वर्षको ५० मिटर फ्रिस्टायलको ब्वाइजमा होली गार्डेनका नितेश मानन्धर (३०.२२ सेकेन्ड) र गल्र्समा लिङ्कनी इस्क्रा (३४.७५ सेकेन्ड) ले स्वर्ण जिते ।

४ गुणा ५० मिटर गर्ल्स फ्रिस्टायल रिलेमा लिङ्कन पहिलो, किस्क दोश्रो र लिटिल एन्जल्स तेश्रो भए । दुई दिने प्रतियोगितामा ४४ स्कुलका ४ सय खेलाडीले ४० स्वर्णका लागि प्रतिस्पर्धा गरेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय