+
+

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले आज हङकङसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते ९:३९

८ वैशाख, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल सवा ४ बजे सुरु हुनेछ ।

ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालले इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्न लागेको हो ।

पहिलो, दोस्रो र तेस्रो हुने टिमले मात्रै इमर्जिङ टिम्स कप खेल्न पाउने भएकोले नेपालले हङकङलाई पराजित गर्नुपर्नेछ ।

घरेलु टोली ओमान र यूएई भने प्रिमियर कपको फाइनल प्रवेशसँगै  स्वत: इमर्जिङ टिम्स एसिया कपमा पुगिसकेका छन् ।

इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोली हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?