नायिका पूजना प्रधान अब निर्मात्री समेत बनेकी छिन् । नायिकाहरु सिनेमा निर्माणमा अग्रसर भैरहदा पूजना पनि अगाडि आएकी हुन् । उनको ब्यानरमा प्रस्तुत हुन लागेको सिनेमा ‘चकलेट’को आज शुभसाइत गरिएको छ ।
खुशी गुरुङ, पि्रतीमाया गुरुङ र केशव तामाङको लगानी रहने सिनेमालाई पूजना फिल्मस्को ब्यानरमा प्रस्तुत गर्न लागिएको हो । चलचित्रको निर्देशन हाँस्यकलाकार तथा निर्माता निर्मल शर्मा ‘गैडा’ले गर्दैछन् । चलचित्रको छायांकन भाद्र १३ गतेबाट सुरु हुने निर्माणपक्षले जनाएको छ ।
चलचित्रमा आयुष्मान घिमिरे, अनुज शाक्य, पूजना स्त्रि, नम्रता झा, केशव भट्टराइको साथमा संचारकर्मी सुमन गैरे विशेष भूमिकामा देखिनेछन् । चलचित्रमा आधादर्जन बालकलाकारहरुको पनि अभिनय रहनेछ ।
विशेषगरी, दरबारमार्गको सडकमा भेटिने बालबालिकाहरुको कथामा सिनेमा निर्माण हुन लागेको हो । सीएनएन हिरो अनुराधा कोइरालाले काठमाण्डौका सडकमा प्रशस्त बालबालिका रहेको जनाउँदै सरकारले उनीहरुलाई कुनै वास्ता नगरेको बताइन् । हाँस्यकलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौलाले सिनेमा सफलताको शुभकामना दिएका थिए ।
निर्देशक निर्मल शर्माले चलचित्र बनाउने काम गहन भएको भन्दै ‘चकलेट’लाई सबैले रुचाउने बनाउने बताए । बालबालिका जस्तो स्थानमा रहे पनि उनीहरुलाई मनपर्ने चकलेट नै भएकाले सिनेमाको नाम ‘चकलेट’ जुराइएको निर्मात्री तथा नायिका पूजना स्त्रिले जानकारी दिइन् । कलाकार कमल मैनालीलाई कार्यक्रममा सम्मानीत गरिएको थियो । ‘हद भन्दा धेरै’ बोलको गीत यसका गायक तथा गायिकाले गाएर कार्यक्रम सुरु गरिएको थियो । गीतको सबैले तारिफ गरे ।
प्रतिक्रिया 4